चिम्पान्जीसँग महिलाको चक्कर चलेपछि …

एजेन्सी – बेल्जियमकी एडी टिमरम्यान नाम गरेकी एक महिला माथि बेल्जियमको एन्तोएर्प चिडियाखानाले प्रतिबन्ध लगाएको छ। अब उनले एन्तोएर्प चिडियाखानामा प्रवेश गर्न पाउनेछैनन्।

विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार उक्त चिडियाखानामा रहेको एक चिम्पान्जीको अफेयरका कारण उनी माथि प्रतिबन्ध लगाइएको हो। एन्तोएर्प चिडियाखानामा रहेको ३८ वर्षिय चिता नामक चिम्पान्जीसँग उनको प्रेम सम्बन्ध रहेका कारण उनलाई प्रतिबन्ध लगाइएको चिडियाखानाको स्पष्टिकरण रहेको छ।

कसरी भयो खुलासा ?

गएको केहि वर्ष देखि टिमरम्यान एन्तोएर्प चिडियाखानामा लगातार आउने-जाने गरिरहेकी थिइन्। टिमरम्यान लगातार आउने गरेका कारण चिडियाखानाका अधिकारीहरु अचम्मित थिए। टिमरम्यान चिडियाखाना पुगेर लामो समय सम्म बस्ने गरेकी थिइन्। उनी काँचको पिँजडाभित्र रहेको चिम्पान्जी आसपास बस्थिन्। चिम्पान्जी र उनीबीच एक अर्कालाई हात हल्लाउने, काँचमा टाँसिएर चुम्बन गर्नेलगायतका कार्य गर्थे।

त्यससम्बन्धमा चिडियाखानाका अधिकारीहरुले उनीलाई प्रश्न पनि गरे। त्यसक्रममा उनले जे उत्तर दिइन्, त्यसले सबैलाई आश्चर्य चकित बनायो। उनले आफू र चिता बीच प्रेम सम्बन्ध रहेको बताइन्। त्यस लगतै चिडियाखानाले उनी माथि प्रतिबन्ध लगायो।

के भन्छिन् एडी टिमरम्यान ?

एडी टिमरम्यानसँगको प्रेमले उक्त चिम्पान्जीलाई असर पारेको चिडियाखानाका अधिकारीहरु बताउँछन्। अन्य चिम्पान्जीहरुसँगको उसको सम्बन्ध विकासमा बाधा पुगिरहेको उनीहरुको भनाई छ। तर, उनी भने आफूले कुनै अनैतिक कार्य नगरेको बताउँछिन्।

उनी भन्छिन्,”मलाई उ मनपर्छ र उसले पनि मलाई मन पराउँछ। मैले नराम्रो र अनैतिक केहि गरेको छैन। तर किन उनीहरु हाम्रो विछोड चाहन्छन्। म भन्छु हामी बीच अफेयर मात्र चलिरहेको थियो।”

प्रकाशित : बिहिबार, भदौ १०, २०७८१४:२६

यौ-न सन्तुष्टि लिने भन्दै युवकले यौ-नांग मै सिमीका गेडा छिराएपछि….