भीम रावल, योगेश लगायतका नेताहरुले पहिला नै नयाँ पार्टी खोलिसकेको खुलासा !

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाड्ने नेताहरुले पहिला नै अर्को पार्टी दर्ता गराइसकेको खुलासा गरेका छन्।

पार्टी आधिकारिक रुपमा दर्ता भएपछिको पहिलो पत्रकार सम्मेलनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आफ्नो साथ छाड्ने नेताहरुले नयाँ पार्टी दर्ता गराइसकेको खुलासा गरेका हुन्। उनले भने,”हाम्रो साथ छाडेका साथीहरुले नयाँ पार्टी दर्ता त्यसबेला नै गरिसकेका थिए।”

एमाले भित्र विवाद हुँदा अध्यक्ष केपी शर्मा ओलीको संघर्षमा माधव नेपाललाई साथ दिएका १० जना स्थायी कमिटी सदस्यहरुले नयाँ पार्टी बनाउँदा माधव नेपालको साथ छाडेका थिए। ती नेताहरु माथि टिप्पणी गर्दै नेपालले हिम्मत नभएका थन्किने बताए।

“हिम्मत नभएका थन्किन्छ्न, क्रान्तिकारी चेत भएकाहरु नयाँ आन्दोलनमा जुट्छन्। हामी कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै क्रान्तिकारी बनाउने महत्त्वपूर्ण पाइला चालिरहेका छौँ।”,उनले भने। पूर्व एमालेमा पीडित भएका पूर्वदेखि पश्चिम महाकालीसम्मका ठूलो पङ्तिले केपी ओलीबाट विद्रोह उनले बताए।

ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेपछि, जनताका एजेन्डालाई तिलान्जली दिएपछि त्यसका विरुद्धमा विद्रोह गर्नेबाहेक विकल्प नबचेको र आफूहरुले त्यस्तै गरेको नेपालको भनाई छ।

धेरै नेताहरुले आफूहरुलाई नयाँ पार्टी खोल्न पहिला नै सुझाव दिएको भएपनि सहि समय हेरेर अहिले आएर पार्टी खोलेको पनि नेता नेपालले खुलासा गरे। जनताबाट निर्वाचित भएका, संघीय संसद, पालिका नगर र गाउँ, वडाका कार्यकर्ताको भविष्य सोचेर त्यसबेला नयाँ पार्टी नखोलेको उनले बताए।

प्रकाशित : बिहिबार, भदौ १०, २०७८१७:११

दुई दिनपछि उकालो लाग्यो नेप्से, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट ! कुन-कुन ?