काठमाडौँ – नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि बढाउनुपर्ने बताएका छन्।
आफूले गठन गरेको नयाँ पार्टीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्नेक्रममा नेता नेपालले एमसीसी परिमार्जनसहित अगाडी बढाउनुपर्ने बताएका हुन्।
तत्कालिन नेकपाले झलनाथ खनालको संयोजकत्वमा गठन गरेको कार्यदलको सुझाव अनुसार एमसीसी अगाडी बढाउनुपर्ने बताए। एमसीसी कुनै पनि रणनीतिक योजनाको अंग भन्ने चाहना आफूहरुको रहेको नेपालको भनाई छ। एमसीसीले नेपाली हितको कुठाराघात गर्न नहुने उनले बताए।
“एमसीसी सुधार गरेर, परिमार्जन गरेर अगाडि बढाउनुपर्छ । नेपालको हितमा प्रयोग होस् र त्यो कुनै पनि रणनीतिक योजनाको अंग नबनोस् । विदेशीहरूका विरुद्धमा लक्षित नहोस्।”,नेता नेपालले भने।