रोनाल्डोका लागि सिटीले एक पैसा पनि खर्च नगर्ने, सित्तैमा पाए मात्र किन्ने !

एजेन्सी – क्रिस्टियानो रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेस र युभेन्टसका अधिकारीहरुबीच छलफल भएको छ। रोनाल्डोको ट्रान्सफरलाई लिएर दुई पक्ष बीच बिहिबार छलफल भएको हो।

ट्रान्सफर विन्डो बन्द हुने दिन नजिक हुँदै गर्दा रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेस रोनाल्डोलाई अन्य क्लबमा ल्याण्ड गराउने योजनामा छन्। युभेन्टसमा रोनाल्डो असन्तुष्ट रहेका कारण उनी नयाँ क्लबको खोजिमा जुटेका हुन्।

मेन्डेसको प्राथमिकता रोनाल्डोलाई म्यानचेस्टर सिटीमा ल्याण्ड गराउने रहेको छ। सोका लागि उनी हालसालै इटाली पुगेका छन्। बिहिबार मात्रै उनले टुरिन पुगेर युभेन्टसका उच्च अधिकारीहरुसँग छलफल गरेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।

छलफलमा के भयो ?

इटालियन मिडियाहरुले गरेको दावी अनुसार दुई पक्ष बीचको छलफल शान्त रहन सकेन। रोनाल्डोले लगातार युभेन्टस छाड्ने बताएपछि छलफलको माहोल केहि खल्बलिएको थियो। युभेन्टसका अधिकारीहरुले रोनाल्डोलाई सित्तैमा नबेच्ने बताए। रोनाल्डोका लागि म्यानचेस्टर सिटीले केहि रकम तिर्नुपर्नेमा उनीहरुको भनाई थियो।

रोनाल्डोका लागि सिटीले एक पैसा पनि नतिर्ने

बताइएअनुसार, रोनाल्डोका लागि सिटी एक पैसा पनि तिर्न तयार छैन। साप्ताहिक ५ लाख युरो बराबर पारिश्रमिक लिरहेका रोनाल्डोलाई ट्रान्सफर रकम तिरेर किन्न नसकिने सिटीको निष्कर्ष रहेको छ। बिहिबारको बैठकमा मेन्डेसले उक्त कुरालाई पनि राखे।

रोनाल्डोका लागि २५ मिलियन युरो डिमाण्ड

रोनाल्डोलाई हप्ताकै ५ लाख युरो पारिश्रमिक तिरिरहेको युभेन्टस ट्रान्सफरबाट केहि न केहि आर्थिक लाभ लिने पक्षमा छ। उसले रोनाल्डोका लागि २५ मिलियन युरो डिमाण्ड गरिरहेको बताइन्छ।

प्रकाशित : बिहिबार, भदौ १०, २०७८१९:०८

मेस्सी-एम्बाप्पे-नेयमारको ट्रियो देख्ने सपना चकनाचुर !