पीएसजीमा मेस्सी, सिटीमा रोनाल्डो: फेरी मेस्सी-रोनाल्डो भिडन्त ?

बिहिबार च्याम्पियन्स लिगको ड्र मा म्यानचेस्टर सिटी र फ्रेन्च कलन पीएसजी एकै समूहमा परेका छन्। निकै प्रतिस्पर्धात्मक बनेको समूह ए मा पीएसजी र सिटीका साथै आरबी लाइपजिंग र क्लब ब्रुज पनि छन्।

पीएसजी र सिटी एकै समूहमा परेसँगै फुटबल जगतमा खुब उत्साह जागेको छ। फुटबल प्रशंसकको उत्साहको मुख्य कारण रहेको छ सम्भावित रोनाल्डो-मेस्सी भिडन्त। २१ वर्षको बार्सिलोना बसाईपछि मेस्सी यसै ट्रान्सफर विन्डोमा फ्रेन्च क्लब पीएसजी प्रस्थान गरेका हुन्। यस्तोमा अहिले युभेन्टस छाड्ने प्रयास गरिरहेका रोनाल्डोका लागि प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी सम्भावित गन्तव्य देखिएको छ।

यदि सिटीले रोनाल्डोलाई अनुबन्ध गर्न सफल भएको खण्डमा फुटबल जगतले पछिल्लो १५ वर्षदेखि चल्दै आएको मेस्सी-रोनाल्डो बीचको भिडन्त पुनः देख्न पाउने छन्। गत सिजन पनि च्याम्पियन्स लिगको समूह चरणमा मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्टस एकै समूहमा परेका थिए। समूह चरणको पहिलो खेलमा बार्सिलोना २-० ले विजयी हुँदा दोस्रो खेलमा युभेन्टसले बार्सिलोनालाई ३-० ले पराजित गर्न सफल भएको थियो।

हालैका केहि रेपोर्टहरुका अनुसार रोनाल्डो र सिटी बीच व्यक्तिगत सम्झौता भइसकेको छ तर सिटीले भने युभेन्टस सामु रोनाल्डोका लागि आधिकारिक रूपमा कुनै प्रस्ताव भने राखेको छैन।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८११:२६

रोनाल्डोका पूराना मित्रको सुझाव – “सिटी होइन पिएसजी जाउ”