रोनाल्डोका पूराना मित्रको सुझाव – “सिटी होइन पिएसजी जाउ”

एजेन्सी – पछिल्लो समयमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको ट्रान्सफर लगातार चर्चामा छ। रोनाल्डो प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी जाने चर्चाले फुटबलवृत्त तरंगित बनेको छ। युभेन्टस छाड्ने मनस्थितमा रहेका रोनाल्डो सिटी जान व्यक्तिगत रुपमा तयार रहेको बताइन्छ। युभेन्टस र सिटी एक सहमतिमा पुग्न सके केहि दिन नबित्दै रोनाल्डो सिटीमा हुनेछन्।

रोनाल्डो सिटी जाने चर्चा चलिरहँदा उनका पूराना सहकर्मी वायन रुनी भने रोनाल्डो सिटी जाने सम्भावना कम देख्छन्। म्यानचेस्टरमै रहेको अर्को क्लब म्यानचेस्टर युनाइटेडमा छुट्टै लिगेसी रहेका कारण रोनाल्डो सिटी जान्छन् भनेर आफूले नसोच्ने उनको भनाई छ। एक मिडियासँग कुराकानी गर्दै रुनीले रोनाल्डो सिटी जाने आफूले नदेखेको भएपनि फुटबलमा जे पनि हुन सक्ने बताए।

“मलाई लाग्छ क्रिस्टियानो म्यानचेस्टर युनाइटेड मा एक धेरै राम्रो लिगेसी छ, त्यहाँ उनकोए गर्विलो इतिहाँस छ।”,रुनीले भने,”उनी सिटी जानेमा देख्दिन। तर, यो फुटबल हो जे पनि हुन सक्छ।”

पहिला युनाइटेडबाट खेलेका धेरै जस्तो खेलाडी सिटी नगएको तथ्यांक उनले प्रस्तुत गरे। केहि युनाइटेडका पूर्व खेलाडी सिटी गएको भएपनि रोनाल्डोको स्तरको कुनै पनि खेलाडीले त्यस्तो नगरेको उनको भनाई छ।

रोनाल्डो विश्वकै सबै भन्दा बढी पारिश्रमिक पाउने खेलाडीको रुपमा रहेका छन्। रोनाल्डोले एक हप्ताको ५ लाख युरो पारिश्रमिक लिने गरेको बताइन्छ। हालको अवस्थामा उनको पारिश्रमिक सिटी बाहेक अन्यले धान्न नसक्ने धेरैको बुझाई छ। तर रुनी भने आर्थिक रुपमा पनि रोनाल्डो सिटी जानुपर्ने अवस्था नरहेको बताउँछन्। रोनाल्डो सिटी भन्दा पिएसजी जानु पर्ने उनको सङ्केत छ।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१२:०२

फेरियो रोनाल्डोको बोली, युनाइटेडलाई नमज्जाले दिए धोका !