पुनः बार्सिलोनाको रामधुलाई गर्ने दाउमा बार्यन म्युनिख, पीएसजी र सिटी एकै समूहमा !

एजेन्सी – अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा युरोपेली फुटबलका दुई ठूला टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटी एकै समुहमा पर्ने भएका छन् ।

च्याम्पियन्स लिगको विहीबार सम्पन्न समूह चरणको ड्रमा फ्रान्सेली टोली पिएसजी र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी एकै समूहमा परेका हुन् । पीएसजी र सिटी एकै समूहमा परेसँगै फुटबल जगतमा खुब उत्साह जागेको छ। फुटबल प्रशंसकको उत्साहको मुख्य कारण रहेको छ सम्भावित रोनाल्डो-मेस्सी भिडन्त। २१ वर्षको बार्सिलोना बसाईपछि मेस्सी यसै ट्रान्सफर विन्डोमा फ्रेन्च क्लब पीएसजी प्रस्थान गरेका हुन्। यस्तोमा अहिले युभेन्टस छाड्ने प्रयास गरिरहेका रोनाल्डोका लागि प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी सम्भावित गन्तव्य देखिएको छ।

यदि सिटीले रोनाल्डोलाई अनुबन्ध गर्न सफल भएको खण्डमा फुटबल जगतले पछिल्लो १५ वर्षदेखि चल्दै आएको मेस्सी-रोनाल्डो बीचको भिडन्त पुनः देख्न पाउने छन्। त्यस्तै जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनाको सामना गर्नेछ ।  पछिल्लो समय यी दुई टोली बीच च्याम्पियन्स लिग २०१९/२० सिजनको क्वाटर-फाइनल चरणमा भएको थियो। कोरोना महामारीका कारण एकै लेगमा भएको खेलमा बार्यनले बार्सिलोना माथि गोलको वर्षा गरेको थियो। उक्त खेलमा जर्मन च्याम्पियनले बार्सिलोनालाई ८-२ गोल अन्तरले पराजित गरेको थियो।

समूह ए : म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, लाइप्जिग, क्लब ब्रुग

समूह बी : एटलेटिको म्याड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान

समूह सी : स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमुन्ड, आयाक्स, बेसिक्टास

समूह डी : इन्टर मिलान, रियल म्याड्रिड, शाख्तर डोनेस्क, शेरिफ

समूह ई : बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डिनामो किएभ

समूह एफ : भिल्लारियल, म्यानचेस्टर युनाइटेड, एटलान्टा, योङ ब्वाइज

समूह जी : लिल, सेभिया, साल्ज्बर्ग, वल्फ्सबर्ग

समूह एच : चेल्सी, युभेन्टस, जेनिट, माल्मो

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१४:१४

सोल्सारले रोनाल्डोको वफादारी माथि उठाए यस्तो प्रश्न