पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या बढी !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप २ हजार ०६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ५६ हजार ४९२ पुगेको छ भने एन्टिजेन विधिबाट ८२ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ।

थप ८ हजार ७५२ जनाको पिसिआर परीक्षण तथा ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ५७७ तथा एन्टिजेनबाट ४८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३८ लाख ७७ हजार ४६९ जना पुगेको छ । हालसम्म ७ लाख ०८ हजार २३० जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३३७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३७ हजार ५९९ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २५ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ६६३ पुगेको छ।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१६:२२

बाढी÷पहिरो : जेठ ३१ यता मात्र ८५ को मृ-त्यु, ४४ वेपत्ता !