काठमाडौँ । हामीले खाने हरेक खानामा बिभिन्न खाले भिटामिन मिनरल तथा प्रोटिन र कार्बोहाइड्रेट जस्ता तत्व पाइने गरिन्छ । यस्तै हरेक नेपालीको भान्सामा पाइने लसुनको पनि फाइदा धेरै छन् । लसुनको प्रयोगले खाना मिठो मात्र हुँदैन कि यसले धेरै फाइदा पनि गर्दछ ।
बिशेष गरि काँचो लसुन भन्दा भुटेको लसुन धेरै लाभदायक रहेको विज्ञहरुले बताएका छन् । पुरुषहरुको लागि भुटेको लसुन निकै नै निकै फाइदाकर हुने गर्दछ ।
१.पेटको रोग बाट टाढा: सुक्खा रुपमा तावामा भुटेको लसुनले पेटसम्बन्धि रोगहरुबाट टाढा राख्ने काम गर्दछ । हरेकदिन भुटेको लसुन खानाले छातीमा हुने जलनका साथै पेटमा हुने रोगहरुबाट टाढा राख्ने काम गर्छ ।
२. हर्मोन ब्यालेन्स: लसुनको नियमित प्रयोगले यसमा भएको ऐलीसिनले पुरुषको सेक्स हर्मोनलाई सन्तुलित राख्न मदत्त गर्दछ ।
३.अधिक स्टामिना: भुटेको लसुन स्वास्थ्यको लागि राम्रो मानिएको छ । यसमा लिसिन भन्ने तत्व हुन्छ जसले शरीरको रक्त चाँपलाई सहि राख्ने गर्दछ ।
४ दातको दुखाई कम: यदि दातमा दुखाई छ भने लसुनको प्रयोगले दातमा दुखाई कम गर्दछ । भुटेको लसुनलाई पिसेर दातमा राख्नाले आराम मिल्छ र दुखाई कम हुन्छ । लसुनमा एन्टी बैक्टीरियल तत्व हुने गर्छ जसले दातमा भएको दुखाईलाई सिधा असर पार्ने गर्दछ ।
५ .रोग प्रतिरोधक क्षमता: भुटेको लसुनले रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्दछ । यसमा एन्टि बैक्टीरियल तत्व हुने गर्छ जसले चिसोबाट मात्र नभईकन थकानलाई पनि भगाउने काम गर्दछ ।