काठमाडौँ । कपाल नरम बनाउन प्राय: मानिसहरुले विभिन्न बजारका केमिकलयुक्त सामाग्रीको प्रयोग गर्ने गर्दछन् । बजारमा पाइने यस्ता कपाल नरम बनाउने सामाग्रीको प्रयोगले कपाल केहि समय नरम भएपनि केहि समयपछि यसको नकारात्मक असर देखा पर्न थाल्छ ।
यस्ता सामाग्रीको प्रयोगले कपाल झर्नेे, कपाल टुक्रिने जस्ता समस्याहरु देखापर्न थाल्छ । सकेसम्म हामीले यस्ता बजारका सामाग्रीको प्रयोग नगर्नु नै राम्रो मानिन्छ । कपालमा विभिन्न किसिमका केमिकल मिसिएका सामानहरुको प्रयोगका कारण कपाललाई कडा बनाउनुका साथै दीर्घकालीन असर जस्तै टाउको दुख्ने, झर्को लाग्ने जस्ता समस्या देखापर्न थाल्छ ।
कपाल नरम बनाउने एकदमै सजिलो र भरपर्दो एउटा उपाय भनेको मुसुराको दाल हो । बिना कुनैपनि झन्झट मुसुराको दाल सजिलै तरिकाले कपालमा लगाउँदा कपाल नरम हुन्छ । मुसुरोको दाललाई पानीमा भिजाएर कपाल धुँदा वा यसलाई पिसेर कपाल धुदाँ यसले कपाललाई नरम बनाउँछ ।
यसको प्रयोग गर्दा दुई गिलास पानीमा एक चम्चा चियाको पत्ती हाल्ने र केही समय उमाल्ने, त्यसमा कागतीको रस राखी कपाल पखाल्दा कपालमा निकै नरम हुन्छ । तपाईको कपाल धेरै नैै सुख्खा छ, भने तपाईले दुई चम्चा मह पानीमा हालेर कपाल पखाल्नु पर्ने यसो गर्दा कपाल नरम र चम्किलो हुन्छ , यसको प्रयोग भने हप्ताको २ पटक गर्नु पर्दछ ।