अन्ततः सिसिएमसीले लाइसेन्स ट्रायल संचालन गर्न दियो अनुमति, छुट्टै शुरु हुने ! कहिले ?

काठमाडौँ – कोरोना भाइरस महामारीका कारण वैशाख देखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा छिट्टै संचालन हुने भएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएसँगै लाइसेन्स परीक्षा छिट्टै संचालन हुने भएको हो।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी लाइसेन्स परीक्षा संचालन गर्न अनुमति दिएको यातायात व्यवस्था विभागले जनाएको छ। सो अनुसार नै अब लाइसेन्स परीक्षा संचालन हुने छ।

सिसिएमसीबाट अनुमति पाएसँगै एक साता भित्र परीक्षा संचालन शुरु गर्ने यातायात व्यवस्था विभागको तयारी रहेको छ। लाइसेन्स परीक्षाका विषयमा केहि दिनमै सूचना जारी हुने र त्यसको केहि दिन पछि परीक्षा संचालन हुने विभागले जनाएको छ।

कोरोना भाइरस महामारीको दोस्रो लहर शुरु भएका कारण वैशाख देखि लाइसेन्स परीक्षा हुन सकिरहेको छैन। करिब ५ लाखले अनलाइन आवेदन दिएर ट्रायलको प्रतिक्षा गरिरहेका छन्।

सवारी चालक अनुमतिपत्र परीक्षा सम्बन्धी मापदण्ड २०७८ ल्याएर ट्रायल परीक्षा संचालन गर्ने विभागको तयारी छ। सो अनुसार परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल हुनेछन्।

शतप्रतिशत अंक ल्याउनु नपर्ने

यसअघिका लाइसेन्स परीक्षा प्रणालीअनुसार पास हुनका लागि शतप्रतिशत अंक ल्याउनुपर्ने हुन्थ्यो। तर अब भने उक्त व्यवस्था परिवर्तन भएको छ। अब अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था लागू हुनेछ।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१८:५६

अध्यादेश ल्याइएकोमा उपेन्द्र यादवको छैन गुनासो, भन्छन् – ‘दलदलमा भासिएकाको उद्धार भयो’