“एमाले महासागर हो, माधवको नयाँ पार्टी खाल्डो मात्रै हो”

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर माधव नेपालले खाल्डो खनेको टिप्पणी गरेका छन्। शनिबार राजधानीका आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले नेकपा एमाले महासागरजत्रो भएको र त्यहाँ पौडी खेल्न नपुगेर माधव नेपालले नयाँ पार्टी बनाएको बताएका हुन्।

प्रतिक्रियावादीसँग मिलेर एमाले पार्टीलाई ध्वस्त बनाउने काममा माधव नेपाल लागेको ओलीले बताए। माधव नेपाललाई सम्झाउँदा-सम्झाउँदा आफू थाकेको ओलीको भनाई छ। ओलीले भने,”महासागरको जस्तो पार्टीलाई छोडेर प्रतिक्रियावादीसँग मिलेर पार्टीलाई ध्वस्त पार्न माधव कमरेड लाग्नुभयो।।”

केहि व्यक्तिहरुलाई सानै भएपनि आफ्नो घरको राजा बन्न मन पर्ने टिप्पणी पनि ओलीले गरे। ओली आफ्नै घरको राजा बन्न नयाँ पार्टी खोलेर अलग भएको ओलीको भनाई थियो।

“महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।”, शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै ओलीले भने।

प्रकाशित : शनिबार, भदौ १२, २०७८१५:४३

सर्वदलीय बैठक सम्पन्न: संसद् निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षीलाई आग्रह