यसपालीको मनसुनका अवधिमा बा-ढीका कारण तीन हजार १८० घर डुबानमा परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बढी पहिरामा परेर ९०० घरसहित १५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ । जेठ ३० यता एक हजार ८७ पशु चौपाय मरेको छ ।
उक्त अवधिमा एक हजार १३० विपद्का घटनाबाट एक हजार २०९ घर परिवारका पाँच हजार ९२४ जना विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । मनसुन भित्रिएसँगै नेपालमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बा-ढी पहिरो र डुबानमा परी आजसम्म ९१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४६ पुरुष, २३ महिला, १० बालक र १२ बालिका छन् ।
बा-ढी पहिरो र डुबानमा परी उक्त अवधिमा ११६ जना घाइते भएका छन् । बा-ढी पहिरामा परी ४४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बा-ढी पहिरामा परेका एक हजार २७५ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बझाङमा पहिरोको बितण्डा, ठाउँठाउँमा पहिरो
लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिराले क्षति पु¥याएको छ । पहिरोका कारण केही परिवार विस्थापित भएका छन् । गए राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिराले घरमा क्षति पुगेको छ ।
पहिराले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पुगेको छ । धामीको परिवार विस्थापित भएर अर्को घरमा सरेका छन् । पहिरो आएको थाहा पाएपछि मानवीय र पशुचौपाया जोगाउन सकिएको धामीले बताउनुभयो । यस्तै पहिराले केदारस्युँ गाउँपालिका–५ चौडेल्लीमा देवबहादुर गुधार्मीको घरमा पनि क्षति पु¥याएको छ ।
गुरुधार्मीको परिवार छिमेकीको घरमा बसिरहेको प्रहरीले जनाएको छ । सोही ठाउँकै करन धामीको घरको आँगन भत्किँदा घर जोखिममा परेको जनाइएको छ । चौडेल्लीकै नरुवा धामी, जयभान धामी, जसुवा धामीको घरमा पहिरो आएर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
पहिराले सडक अवरुद्ध
लगातारको अविरल वर्षाका कारण आएको पहिराले बझाङको चैनपुर ताक्लाकोट सडकखण्ड अवरुद्ध बनेको छ । जयपृथ्वी नगरपालिका–११ कपडे पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । पहिराले सडक अवरुद्ध भएपछि सुनिकोट, धमेना, रुपातोला, तलकोट, साइपाल तथा गाउँकै विभिन्न स्थानबाट चैनपुर आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएका छन् । अविरल वर्षाका कारण बझाङको जयपृथ्वी राजमार्ग र यसका शाखा सडकमा पहिरो आउँदा अवरुद्ध बनेका छन् ।
गए रातिदेखि अवरुद्ध जयपृथ्वी राजमार्गअन्तर्गत नारुगौडा खोलामा आएको बा-ढीले गर्दा आज दिउँसो १२ बजेपछि मात्रै सञ्चालनमा आएको छ । यस्तै बुङ्गल–४ झापामा पहिरो आउँदा बिजगडा–कफलसेरी ग्रामीण सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । गए रातिदेखि पहिरो खसिरहेको कचाली खोलामा बेला–बेलामा खोल्दै अवरुद्ध हुँदै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।