रोनाल्डो ट्रान्सफरमा टिप्पणी गर्नु भारी पर्यो क्लपलाई, तथानाम भन्दै गाली गरे फ्यान्सले !

म्यानचेस्टर सिटीसँग आवद्ध हुन निकै नजिक रहेको भनिएका क्रिस्टियानो रोनाल्डो अन्ततः आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन्। दुई म्यानचेस्टर क्लब बीचको लडाईमा ट्रान्सफर विन्डो अन्त्य हुन केहि दिन मात्र बाँकी हुँदा रेड डेभिलली बाजी मार्यो।

रोनाल्डोको यस खबरले पुनः एक पटक फुटबल जगतमा उत्साह छाएको छ। विभिन्न स्तरबाट रोनाल्डो ट्रान्सफर बारे अनेक प्रतिक्रिया आइरहेका छन्। यस्तोमा लिभरपुल क्लबका मुख्य प्रशिक्षक योर्गन क्लपले पनि यसबारे आफ्नो प्रतिक्रिया जनाएका छन्। क्लपले रोनाल्डो म्यानचेस्टर युनाइटेडसँग आवद्ध हुनु अघि आफ्नो प्रतिक्रिया जनाएका थिए। जसको कारण अहिले उनको चर्को आलोचना भइरहेको छ।

इंग्ल्याण्डमा रोनाल्डोको फिर्ती बारे प्रश्न गर्दा क्लपले भने,”मैले यसलाई एक फ्यानको नजरबाट हेरेको छु। यसबारे मलाई केहि खबर छैन। मैले यसबारे जज गर्न मिल्दैन। यदि अन्य क्लबले यी कुरा गर्न चाहन्छन् भने यो भविष्यलाई सोचेर गरेको सम्झौता हैन।” यस्तो सम्झौता तत्कालका लागि भएको भन्दै कुनै क्लबको कार्यशैली नै यस्तै हुने क्लपले बताए।

क्लपको यस्तो टिप्पणी रोनाल्डो प्रशंसकलाई कतै पनि पचेन जसका कारण अहिले लिभरपुल कोचको आलोचना भइरहेको छ। क्लपको यस्तो टिप्पणीपछि एक फ्यानले ट्वीट गर्दै लेखे,”आफूले वर्तमानको बारेमा सोचेर भान-डाइक र एलिसनलाई किन्न रेकर्ड बनाएको बिर्सिएछन्। यस्तो कुरा गर्न मिल्दैन।”

त्यस्तै, अर्का फ्यानले लेखेका छन्,”सधैं अरुको पैसा र गोजीको बारेमा गुनासो गर्दै बस्ने।” के जर्मन प्रशिक्षकको यस्तो प्रतिक्रिया सहि हो त?

प्रकाशित : आइतबार, भदौ १३, २०७८१४:२१

रोनाल्डोलाई ७ नम्बर जर्सी लगाउन दिएनन् काभानीले, कुन नम्बर लगाउलान् त ?