हरेक धर्ममा, दानको विषयमा छुट्टा-छुट्टै महत्व रहने गर्छ । दान गर्दा अध्यात्मिक शान्ति प्राप्त हुनुको साथै शुभ फल प्राप्त हुने कुरा धर्म शास्त्रमा उल्लेख गरिएको छ। दान धेरै प्रकारका हुन्छन् त्यसैले विभिन्न समस्यामा परेका व्यक्तिहरुले दान गर्दा मुक्ति मिल्ने विश्वास समेत रहेको छ।
हरेक व्यक्तिको जीवनमा विभिन्न समस्याहरु आइपर्ने गर्छन। ती समस्याहरुबाट छुटकारा पाऊनका निम्ति विभिन्न उपायहरु अपनाउने गरिन्छ। कोही व्यक्तिहरु कडा परिश्रमका साथ आफ्नो समस्याबाट छुटकारा पाउने आस रख्छन् भने कोही दिनरात भगवानको पूजा आराधनाबाट मुक्ति मिल्ने विश्वास राख्छन्। यसैगरी कोही व्यक्तिहरु भने आफ्ना समस्याहरुबाट मुक्ति मिल्ने विश्वासका साथ माँ कालीको पूजा आराधना गर्ने गर्छन् ।आज हामी तपाईहरुलाई कन्या पूजाको महत्वको बारेमा बताउन जाँदैछौँ जसबाट तपाईले विभिन्न समस्याहरुबाट मुक्ति पाउने विश्वास रहेको छ।
भाद्र महिनामा कृष्णअष्टमी समेत पर्ने गर्छ र यो दिनलाई श्रीकृष्ण जन्मअष्टमीको नामले समेत चिनिने गरिन्छ। यस दिन विशेषगरि भगवान श्रीकृष्णको पूजा आराधना गर्ने गरिन्छ। यसलाई श्रीकृष्णको जन्म उत्सवको रुपमा समेत लिने गरिन्छ। यस दिन कृष्णमन्दिर नजिकै विभिन्न स्थानहरुमा कन्याहरु जम्मा गरि पुज्ने वा विभिन्न खानेकुराहरु दान गर्ने गरिन्छ। यसरी कन्याहरु जम्मा गरि पूजा गरि विभिन्न खानेकुरा दान गर्ने गर्दा आफ्ना सम्पूर्ण दुख तथा समस्याहरु नष्ट भएर जाने कुरा शास्त्रमा उल्लेख गरिएको छ।
यस पूजाको बेला सधैंब कन्याको मुख पश्चिम दिशामा पर्ने गरि राख्नुपर्छ। कन्यालाई यसरी राखेपछि शिर देखि पाउ सम्म पूजा गरि विभिन्न मिठाई तथा खानेकुराहरु दान गर्नुहोस। यसो गर्दा तपाईका सम्पूर्ण समस्याहरु हल हुँदै जाने विश्वास रहेको छ।