जबरजस्ती एम्बाप्पेलाई क्लबमा अड्काउँदै पिएसजी !

एजेन्सी – फ्रेन्च युवा स्टार खेलाडी किलियन एम्बाप्पे रियाल म्याड्रिड जान आतुर छन्। रियल जाने उनको चाहना नयाँ होइन, धेरै पूरानो हो। एक हिसाबले भन्ने हो भने रियल जाने उनको सपना बचपन देखिकै हो।

एम्बाप्पेले विभिन्न अन्तर्वार्ताहरुमा समेत रियल प्रति आफ्नो प्रेम दर्साइसकेका छन्। त्यस्तै रियल म्याड्रिड पनि एम्बाप्पेलाई लिएर गम्भीर छ। गएको केहि वर्ष देखि रियलले एम्बाप्पेलाई लगातार अनुबन्ध गर्ने प्रयास गरिरहेको छ।

यस सिजनको ट्रान्सफर विन्डो बन्द हुन केहि दिन मात्र बाँकी रहेको अवस्थामा रियल एम्बाप्पेलाई लिएर झनै गम्भीर भएको छ। रियलले एम्बाप्पेका लागि १ सय ६० मिलियन युरोको प्रस्ताव पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई गरेको थियो, जुन पिएसजीले ठाडै अस्विकार गर्यो। त्यसलगतै रियलले पिएसजीलाई अर्को प्रस्ताव गरिसकेको छ। पिएसजीले किनेको मूल्य भन्दा कममा एम्बाप्पेलाई बिक्री नगर्ने स्पष्ट पारेपछि रियलले सोहि अनुसार दोस्रो प्रस्ताव गरेको हो।

दोस्रो प्रस्तावका सम्बन्धमा पिएसजीको तर्फबाट अहिले सम्म कुनै पनि प्रतिक्रिया आएको छैन। रियल र एम्बाप्पे दुवै पिएसजीको जवाफको पर्खाईमा छन्। पिएसजीले निर्णय गर्न ढिला गरिरहँदा रियललाई मात्र नभई एम्बाप्पेलाई पनि छटपटी भइरहेको छ।

एम्बाप्पेको इच्छा विपरित राख्ने प्रयास

विभिन्न रिपोर्टका अनुसार एम्बाप्पेले पिएसजीमा थप सम्झौता नगर्ने मात्र स्पष्ट पारेका छैनन्, उनले यसै सिजन रियल जाने चाहना पनि देखाएका छन्। लियोनेल मेस्सी पिएसजी पुगेपछि आफ्नो बहिर्गमनलाई प्राथमिकता दिरहेका एम्बाप्पेलाई पिएसजीले जबरजस्ती राख्न राख्न खोजिरहेको आरोप पिएसजी माथि लाग्न थालेको छ।

एम्बाप्पेको चाहना विपरित क्लबमा अड्काउने पिएसजीको प्रयास विरुद्ध सामाजिक संजालमा अभियानहरु पनि शुरु भएका छन्। ट्वीटर लगायतमा ‘फ्रीएम्बाप्पे’को अभियान चल्ने क्रममा छ।

प्रकाशित : आइतबार, भदौ १३, २०७८१५:५०

असन्तुष्ट युनाइटेड फ्यान भन्छन्,”सुस्त रोनाल्डोले केहि गर्न सक्दैनन्, रोनाल्डो भन्दा इन्ग्स नै उत्कृष्ट हुन्थे बरु”