असन्तुष्ट युनाइटेड फ्यान भन्छन्,”सुस्त रोनाल्डोले केहि गर्न सक्दैनन्, रोनाल्डो भन्दा इन्ग्स नै उत्कृष्ट हुन्थे बरु”

सन् २००९ मा क्लब छाडेर रियल म्याड्रिड गएका क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन्। रोनाल्डोको आगमनले युनाइटेडका समर्थक निकै उत्साहित भएका छन्। तर क्लबमा सबै समर्थकको एउटै भावना हुन्छ भन्ने छैन। म्यानचेस्टर युनाइटेड समर्थक डेभले पोर्चुगिज सुपरस्टारलाई पुनः अनुबन्ध गर्ने क्लबको निर्णयको आलोचना गरेका छन्।

डेभको नजरमा क्लबका लागि समर ट्रान्सफर विन्डोमा एस्टन भिल्ला प्रस्थान गरेका ड्यानी इन्ग्स रोनाल्डो भन्दा उत्कृष्ट अनुबन्ध हुने समेत दाबी गरेका छन्। टकस्पोर्टसँग कुरा गर्दै उनले भने,”मलाई लाग्दैन कि हामीले रोनाल्डोलाई अनुबन्ध गर्न आवश्यक थियो। रेड डेभिलसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गर्नु अघि क्लबको मुख्य प्रतिद्वन्दी म्यानचेस्टर सिटीसँग नाम जोडिएका रोनाल्डो आफ्नो क्लबसँग अनुबन्ध हुनु भन्दा सिटी गएको भए राम्रो हुने पनि डेभले बताए।

“रोनाल्डो सिटी गएको भए म खुसी हुन्थें। हामी रोनाल्डो हैन इन्ग्सलाई क्लबमा भित्र्याउनु पर्थ्यो। रोनाल्डो निकै सुस्त भएका छन्। उनले मैदानमा धेरै काम गर्न सक्दैनन्, ड्यानीले टोलीलाई रक्षात्मक रूपमा पनि क्लबलाई मद्दत गर्थे,”उनले भने,”मलाई केहि मतलब छैन। मलाई रोनाल्डो निकै मन पर्छ तर यो गलत समय हो।”

२५ मिलियनमा एस्टन भिल्ला प्रस्थान गरेका २९ वर्षीय ड्यानी इन्ग्सले प्रिमियर लिगमा २ गोल गरिसकेका छन्। के डेभको विचार जस्तै म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई अनुबन्ध गर्नु गल्ती हो त ?

प्रकाशित : आइतबार, भदौ १३, २०७८१७:२८

मेस्सीको डेब्यु खेलमा एमबाप्पे ‘हिरो’