मेस्सीको डेब्यु खेलमा एमबाप्पे ‘हिरो’

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएका फरवार्ड लिओनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् ।

आइतबार राइम्सविरुद्ध खेलका दौरान दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् । उनले राइम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा नेयामारको स्थान लिँदै पिएसजीबाट पहिलो खेल खेलेका हुन् । मेस्सीले यससँगै बार्सिलोना बाहेक कुनैपनि टोलीबाट पहिलो खेल खेले ।

यद्यपि राइम्समाथि पीएसजीको २-० को जितमा दुवै गोल एमबाप्पेले गरेका थिए । पहिलो गोल १६ औं मिनेटमा सम्भव भएको थियो । डी मारियाको क्रसलाई उनले हेडरमार्फत जाली चुमाएका थिए । ६३ औं मिनेटमा अक्रफ हकिमीको क्रसमा गोल गर्दै जितनजिक पुर्याएका थिए ।

मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट विक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो । मेस्सीले केहि समय मात्र खेलेपनि समर्थकहरु डेब्यु हेर्न सफल रहे ।

पिएसजीले समग्रमा ४ खेलमा १२ अंक जोडेको छ । मेस्सीले आफ्नो करिअरमा बार्सिलोनाबाट खेल्दै ६ पटक ब्यालोन डी’ओर जितेका थिए । उनी आफ्नो ६ सय ७२ गोलको संख्यालाई पिएसजीमा सुधार्न चाहन्छन् ।

प्रकाशित : सोमबार, भदौ १४, २०७८०६:१८

युनाइटेडका यी दिग्गज खेलाडी भन्छन्-“रोनाल्डोले रेड डेभिललाई ठूला उपाधि जिताउन सक्दैनन्”