भदौ महिना कै महँगो भएको सुनको भाउ ३ दिन देखि स्थिर, कति ?

सोमबार लगातार तेस्रो कारोबारको दिन पनि सुनको मूल्य स्थिर रहेको छ। शुक्रबारको तुलनामा आइतबार कुनै घटबढ नभएको सुनको भाउमा आज सोमबार पनि कुनै प्रकारको घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापवाला सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार र हिजो आइतबार पनि छापवाला सुन सोहि भाउमा किनबेच भएको थियो।

त्यस्तै, तेजाबी सुन भने आज प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ। शुक्रबार र आइतबार पनि सोहि भाउमा कारोबार भएको तेजाबी सुनको मूल्यमा पनि २ दिन देखि कुनै घटबढ भएको छैन।

शुक्रबार देखि कायम भएको सुनको भाउ भदौ महिना कै महँगो रहेको छ। त्यसअघि भदौ ८ गते पनि यहि भाउमा सुन किनबेच भएको थियो। अन्य दिन भने सुनको भाउ आजको विन्दु भन्दा कम मूल्यमा नै कारोबार भइरहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबारको तुलनामा आइतबार १० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार पनि सोहि भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, भदौ १४, २०७८११:१९

अब यी ११ कम्पनीहरुले ५ अर्बभन्दा बढीको आईपीओ जारी गर्दै, कुन कम्पनीको कति ?