काठमाडौँ, नेपाली लोकदोहोरी गायिका ज्योति मगर विवाद र चर्चामा रहने गायिकाको रुपमा चिनिन्छिन् । धेरैले ज्योति भन्ने बित्तिकै दुई अर्थ दिने शब्द प्रयोग गरेर गाएको गीतमा छोटा पहिरन लगाएर प्रस्तुत हुने गायिका भनेर लिने गर्छन। उनि स्टेज कार्यक्रममा पनि उत्ताउलो पहिरन लगाएर आफ्ना दर्शकहरुलाई मनोरंजन दिन निकै माहिर छिन्।
गायिका ज्योति धेरैपटक उ-त्तेजक प्रस्तुतिका कारण विवादमा आइसकेकी छिन्। उनको गित र प्रस्तुतिलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा धेरै पटक उजुरी समेत परेको थियो । तर उनले त्यसलाई वेवास्ता गर्दै आफ्नो शैलीलाई निरन्तरता दिदै आएकी थिइन्। तर पछिल्लो समय गायिका ज्योतिमा समय अनुसार बदलिनुपर्छ भन्ने सोच आएको देख सकिन्छ।
ज्योतिले शनिबार आफ्नो शब्द, संगीत, स्वर र अभिनय रहेको एक तिज गित सार्वजनिक गरेकी छिन्। ‘माईतीको मया बरीलै’ बोल रहेको गितमा उनि निकै फरक शैलीमा देखिएकी छिन्। भिडियो हेरेपछि धेरैले गीतमा प्रयोग भएको शब्द, संगीत, उनको पहिरन र अभिनय सबै फेरिएको प्रतिक्रिया दिएका छन्। र उनको यस गीतलाई धेरैले मन पनि पराएका छन्।
गीतमा ज्योति निकै मार्मिक रुपमा प्रस्तुत भएकी छिन्। गायक बद्री पंगेनीले पनि ज्योतीको यस गीतललाई तारिफ गरेका छन्। उनले ज्योतिको भिडियो सामाजिक संजालमा शेयर गर्दै लेखेका छन, ‘मान्छेको आफ्नो आफ्नो बिचार धारणा र बुझाइ हुन्छ। मेरो नजरमा यो बर्ष मलाई सबैभन्दा मन परेको गित ‘माइतिको माया हो’। शब्द, संगित, स्वर, अभिनय अनि भिडियो उत्कृष्ट लाग्यो। हामी संगितमा यथार्थ खोज्छौ त्यो यथार्थ यो गितमा छ । बधाई छ बैनी ज्योती मगर, रितिका कुँवर अनि स्मृती तिमिल्सिनालाई। बैनी ज्योती तपाईबाट नेपाली गित संगितले यस्तै सृजनाको अपेक्षा गरेको छ ।’