पोचेटिनो भन्छन् – “एम्बाप्पे हाम्रा लागि उपहार हुन्”

एजेन्सी – रियल म्याड्रिड जाने चर्चाका बीच फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे आइतबार राति राइम्सविरुद्ध पेरिस सेन्ट जर्मेन(पिएसजी)को तर्फबाट मैदानमा उत्रिए। उक्त खेलमा एम्बाप्पेले धेरै नै प्रभावशाली प्रदर्शन गरे। दुई गोल गर्दै एम्बाप्पेले पिएसजीलाई चौंथो जित दिलाए। एम्बाप्पेले पहिलो गोल १६ औं मिनेट र दोस्रो गोल ६३ औं मिनेटमा गरेका थिए।

यसै बीच पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले एम्बाप्पे आफूहरुका लागि उपहार रहेको बताए। ट्रान्सफरको चर्चा चलिरहेपनि एम्बाप्पे आफूहरुका लागि महत्वपूर्ण खेलाडी रहेको र उनी पिएसजीका लागि ठूलो उपहार रहेको पोचेटिनोको भनाई छ।

“उनी हाम्रा खेलाडी हुन्। हाम्रो अध्यक्ष र हाम्रो निर्देशक धेरै स्पष्ट छन्। हल्ला त चलिरहन्छ नि।”,एम्बाप्पेको ट्रान्सफर हल्लालाई सङ्केत गर्दै उनले भने,”उनी हामीसँग छन्, र हामी खुशी छौँ। उनी हाम्रा महत्वपूर्ण खेलाडी हुन् र उनी यहाँ हुनु ठूलो उपहार हो।”

त्यस्तै पिएसजीका खेलाडी मार्क्विन्होसले पनि एम्बाप्पे क्लबमै रहे आफूहरुलाई धेरै सहज हुने बताए। एम्बाप्पे पिएसजीमिया रहुन भन्ने आफूहरु चाहना रहेको मार्क्विन्होसको भनाई छ। एम्बाप्पे आफ्नै लक्ष्य रहेको भएपनि आफूहरुले त्यसबारे प्रश्न नगर्ने उनले बताए।

मार्क्विन्होसले भने,”हामी एम्बाप्पेलाई उसको भविष्य बारे केहि पनि भन्दैनौं, सोध्दैनौं। उसको छुट्टै लक्ष्य होला, तर हामी उनी हामी सँगै रहुन् भन्ने चाहन्छौं। उनी यहाँ रहँदा हामीलाई धेरै सहयोग मिल्छ।”

प्रकाशित : सोमबार, भदौ १४, २०७८१५:११

“रोनाल्डोसँग खेल्न पाउनु भनेको सबैको लागि सपना जस्तै हो”