सबै ग्रहहरु मध्ये सबैभन्दा ठूलो र सबैभन्दा शुभ, देवगुरु बृहस्पति ग्रहले सेप्टेम्बर महिनाको १४ तारिखमा आफ्नो राशि परिवर्तन गर्दैछ। सेप्टेम्बर १४, २०२१ मा बृहस्पति ग्रह शनिदेवको राशि मकर राशिमा प्रवेश गर्नेछ। जहाँ यो २० नोभेम्बर २०२१ सम्म रहनेछ, त्यसपछि कुम्भ राशिमा प्रवेश गर्नेछ। सेप्टेम्बर १४ मा, जब बृहस्पति मकर राशिमा प्रवेश गर्छ, शनिदेवसँग यसको मिलन हुन्छ। बृहस्पतिलाई कर्कटमा उच्च मानिन्छ र मकर राशिमा नीच मानिन्छ। मकर राशिमा बृहस्पतिको गोचरको केहि राशिमा अशुभ प्रभाव पर्नेछ। जान्नुहोस् ती राशिका बारेमा….
सिंह राशि
बृहस्पति सिंह राशिको छैठौं भावमा गोचर हुनेछ। सिंह राशिका मानिसले रोजगारमा सामान्य फल प्राप्त गर्नेछन्। कार्यक्षेत्रमा विभिन्न तनावको सामना गर्नुपर्नेछ। यसका साथै अनेक समस्याले सताउन पनि सक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। जीवनसाथीका साथ मनमुटाव पैदा हुनसक्छ। स्वास्थ्यको हिसाबले पनि यो समय त्यति राम्रो छैन।
वृश्चिक राशि
राशिको तेस्रो भावमा गोचर हुने बृहस्पतिले तपाईंलाई त्यति शुभ परिणाम दिने छैन। कार्यक्षेत्रमा कामको बझ अत्याधिक हुनेछ, जसको कारण मानसिक तनाव बढ्न सक्छ। रोजगारको खोजीमा रहेका मानिसले कडा मेहनत गर्नुपर्ने देखिन्छ, सजिलै सफलता हात नलाग्ला। आकस्मिक धन खर्च हुनाले तपाईंको आर्थिक पक्ष कमजोर रहनेछ।
मकर राशि
राशिको पहिलो भावमा गोचर हुने बृहस्पतिको प्रभाव मकर राशिका मानिसलाई शुभ नरहला। भौतिक सुखमा कमी अ आउने सम्भावना देखिन्छ। कुनै पनि काम गर्नु अघि राम्रोसँग सोच विचार गरेर मात्र उक्त काम आँट्नु होला, अन्यथा नोक्सान हुने सम्भावना उच्च रहेको छ। कुनै पनि क्षेत्रमा ठूलो रकम निवेश गर्नबाट बच्नुहोला। स्वास्थ्यको बारेमा चिन्ता रहन सक्छ, सतर्क रहनुहोला।
कुम्भ राशि
कुम्भ राशिको बाह्रौँ भावमा गोचर हुने बृहस्पतिले यस राशिका मानिसलाई शुभ फल दिने देखिँदैन। अनावश्यक खर्चमा हुने वृद्धिले तपाईंको आर्थिक स्थितिलाई कमजोर बनाउन सक्छ। व्यापार व्यवसायको क्षेत्रमा संलग्न रहेका मानिसको लागि पनि यो गोचर अनुकूल रहने छैन, खास सफलता हात पर्ने सम्भावना निकै कम रहेको छ। आयमा केहि वृद्धि भएता पनि खर्च अझ बढी हुनेछ।