रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृ-त्यु !

अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ ।

तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिं-सात्मक घटना भएको अफगानिस्तानमा फेरि हिं-साका घटना हुन थालेका छन् ।

आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका ती व्यक्तिहरुको ज्यान गएको छ ।

काबुल विमानस्थलमा अमेरिकी, बेलायती र अरु केही विदेशी विमानले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेका छन् ।

विमानस्थललाई नै लक्षित गरेर सो रकेट आक्रमण गरिएकामा सो रकेट बस्तीतर्फ पर्न गरेको बताइएको छ । पछिल्ला केही दिनमा काबुल विमानस्थलमा वि-स्फोट हुने गरेको छ ।

हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिम भागतर्फ स्थानीय समयानुसार ४ः५५ सो रकेट प्र’हार भएको थियो । एक अमेरिकी ड्रोन शहरमा उडिरहेको देखा परेपछि उक्त हमला भएको प्रत्यक्षदर्शीहरु बताएका छन् ।

गत बिहीबार पनि विमानस्थलका पूर्वी गेटमा भएको आ-त्म-घाती वि-ष्फोटमा परी कम्तीमा १७० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिनुका साथै करिब २०० जना घाइते भएका थिए । उडानको पर्खाइमा रहेका ठूलो भीडबीचमा सो आक्रमण भएको थियो ।

अफगानिस्तानमा यही अगस्त १५ तारिखका दिन तालिबान विद्रोहीहरूले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाड्नेक्रम जारी रहेको छ । इस्लामिक स्टेट्स (आइएस) ले जिम्मेवारी लिएको यस आक्रमणमा परी मारिएकाहरु अधिकांश महिला र बालबालिका रहेका छन् ।

प्रकाशित : सोमबार, भदौ १४, २०७८१७:३६

गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि…यसो भन्छन चिन्तित स्वास्थ्यकर्मी!