डेब्यु खेलमा मेस्सीको २४ मिनेटले नै मच्चायो यस्तो तहल्का, बन्यो नयाँ किर्तिमान !

गयराती लियोनल मेस्सीले पीएसजीको जर्सीमा रेइम्स विरुद्ध खेलेको पहिलो खेल फ्रेन्च लिग १ इतिहास कै टिभीमा सबैभन्दा धेरै हेरिएको खेल बनेको छ। २१ वर्ष बार्सिलोनामा बिताएका मेस्सीको अगस्त १० मा पीएसजीसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेर पूरा विश्व फुटबललाई नै चकित पारेका थिए।

पीएसजीसँग अनुबन्ध भएपछि ३४ वर्षीय स्ट्राइकरले गयराती रेइम्स विरुद्धको खेलको दोस्रो हाफको ६५ औं मिनेटमा नेइमारको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु अग्रेका हुन्। मेस्सीले उक्त खेल २४ मिनेट मात्र खेलेका थिए। तर उक्त छोटो समय नै किर्तिमान कायम गर्नको लागि काफी थियो। अहिलेसम्म पीएसजीका एक खेल पनि पूरा नखेलेका मेस्सीले थुप्रै रेकर्ड कायम गरिसकेका छन्।

मेस्सीले पीएसजीको जर्सीमा पहिलो पटक मैदानमा प्रवेश गर्दा विपक्षी टोलीका समर्थकले पनि मेस्सी-मेस्सी भन्दै नारा लगाएका थिए। रेइम्स विरुद्ध पीएसजीले २-० को जित निकाल्दा दुबै गोल रियल म्याड्रिडसँग नाम जोडिएका स्टार युवा खेलाडी किलियन एम्बाप्पेले गरेका थिए। एल’एक्वीपेको एक रिपोर्टका अनुसार मेस्सीले डेब्यु गरेको खेल फ्रान्समा मात्र साढे १० लाख भन्दा बढी मानिसले टिभीमा हेरेका थिए। यो नम्बर फ्रेन्च लिग इतिहास कै कुनै पनि खेलले प्राप्त गरेको सबैभन्दा ठूलो हो।

मेस्सीको प्राभाव यसले मात्र प्रमाणित नभए स्पेनमा पनि पीएसजी विरुद्ध रेइम्सको खेल कुनै पनि फ्रेन्च लिगको सबैभन्दा बढी हेरिएको खेल बनेको छ। पीएसजीका लागि मेस्सीको अर्को खेल हेर्न भने अन्तराष्ट्रिय ब्रेक समाप्ति नै कुर्नु पर्नेछ।

प्रकाशित : सोमबार, भदौ १४, २०७८१८:३६

१७ खेलाडी प्रयोग गर्दा समेत एम्बाप्पे भित्र्याउन सकेन रियल म्याड्रिडले !