सबै ग्रहहरु मध्ये सबैभन्दा ठूलो र सबैभन्दा शुभ, देवगुरु बृहस्पति ग्रहले सेप्टेम्बर महिनाको १४ तारिखमा आफ्नो राशि परिवर्तन गर्दैछ। सेप्टेम्बर १४, २०२१ मा बृहस्पति ग्रह शनिदेवको राशि मकर राशिमा प्रवेश गर्नेछ। जहाँ यो २० नोभेम्बर २०२१ सम्म रहनेछ, त्यसपछि कुम्भ राशिमा प्रवेश गर्नेछ। सेप्टेम्बर १४ मा, जब बृहस्पति मकर राशिमा प्रवेश गर्छ, शनिदेवसँग यसको मिलन हुन्छ। ज्योतिष शास्त्रमा बृहस्पति ग्रह शुभ र ज्ञानी ग्रह मानिन्छ।
बृहस्पतिलाई कर्कटमा उच्च मानिन्छ र मकर राशिमा नीच मानिन्छ। बृहस्पति भाग्य, विवाह र प्रसिद्धि को कारक ग्रह हो। १४ सेप्टेम्बर मा बृहस्पति र शनिको मिलन हुनाले यो गोचर निकै महत्वपूर्ण हुनेछ। मकर राशिमा बृहस्पतिको गोचरको सबै १२ राशिका शुभ-शुभ तरिकाले प्रभाव पर्नेछ। यसको ज्योतिषीय विश्लेषण गरौं…..
मेष राशि
यस राशिको दशौ भावमा बृहस्पति गोचर हुनेछ। यो समयमा तपाईंको नाम तथा प्रसिद्धि बढ्नेछ। व्यापार व्यवसायका क्षेत्रमा रहेका मानिसको लागि त यो समय अत्यन्त शुभ साबित हुनेछ। कार्यक्षेत्रमा तपाईंको लागि समय शुभ नै रहनेछ। पदोन्नतीको सम्भावना रहेको छ। त्यस्तै, कार्यक्षेत्र परिवर्तन गर्न चाहनुहुन्छ भने पनि समय राम्रो रहेको छ।
वृष राशि
वृष राशिको नवौं भावमा बृहस्पतिको गोचर हुनेछ। भाग्य वृद्धिको योग रहेको छ। रोकिएका कार्यहरु सफलतापूर्वक सम्पन्न हुनेछ। रोजगारको खोजीमा रहेका मानिसको लागि पनि यो समय सफलता प्राप्त गर्ने किसिमको रहनेछ। आयका नयाँ स्रोत बढ्नेछन्। तपाईंको आर्थिक पक्ष मजबूत रहनेछ। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। धार्मिक कार्यमा तपाईंको मन लाग्नेछ।
मिथुन राशि
मिथुन राशिको आठौँ भावमा बृहस्पति ग्रहको गोचर हुनेछ। बृहस्पतिको यस गोचर तपाईंका लागि सामान्य फलदायी रहनेछ। व्यापार तथा कार्यक्षेत्रमा राम्रै सफलता हात पार्न सकिएला। रोजगारको क्षेत्रमा केहि कठिनाईको सामना गर्नुपर्ने हुनसक्छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। यात्रा गर्दा विशेष सावधान रहन आवश्यक रहेको छ।
कर्कट राशि
यस राशिको सातौँ भावमा बृहस्पतिको गोचर हुनेछ। कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। पदोन्नतीको योग पनि रहेको छ। व्यापारको क्षेत्रमा चल्दै आएको समस्या सकिनेछ। कारोबारको क्षेत्रमा बृहस्पति निकै लाभकारी साबित हुनेछ। नयाँ कार्य तथा व्यापार सुरु गर्न चाहने मानिसको लागि यो समय शुभ रहनेछ। कुनै पनि क्षेत्रमा निवेश गर्दा सोच विचार गरेर मात्र अगाडी बढ्नुहोला।
सिंह राशि
बृहस्पति सिंह राशिको छैठौं भावमा गोचर हुनेछ। सिंह राशिका मानिसले रोजगारमा सामान्य फल प्राप्त गर्नेछन्। कार्यक्षेत्रमा विभिन्न तनावको सामना गर्नुपर्नेछ। यसका साथै अनेक समस्याले सताउन पनि सक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। जीवनसाथीका साथ मनमुटाव पैदा हुनसक्छ। स्वास्थ्यको हिसाबले पनि यो समय त्यति राम्रो छैन।
कन्या राशि
राशिको पाचौं भावमा गोचर हुने बृहस्पतिको प्रभावले कन्या राशिका मानिसलाई शुभ परिणाम दिनेछ। कार्यक्षेत्रमा तपाईंले गरेको काम वा निर्णयको सराहना गरिनेछ। व्यापार व्यवासयको क्षेत्रमा पनि तपाईं राम्रै सफलता प्राप्त गर्ने देखिन्छ। गरेको लगानीले राम्रो प्रतिफल दिने सम्भावना देखिन्छ। यात्रा गर्दा भने सावधान रहनुपर्नेछ।
तुला राशि
तुला राशिको चौंथो भावमा गोचर हुने बृहस्पतिले तपाईंको लागि मिश्रित फल दिनेछ। करियर सफल बनाउने खालका केहि महत्वपूर्ण सफलता प्राप्त हुनेछ। व्यापार व्यवसाय क्षेत्रका मानिसको लागि भने यो समय त्यति राम्रो नरहला। केहि स्वास्थ्य सम्बन्धि समस्याले पनि सताउन सक्छ, सतर्क रहनुहोला। पैतृक सम्पतिबाट लाभ मिल्ने सम्भावना रहेको छ।
वृश्चिक राशि
राशिको तेस्रो भावमा गोचर हुने बृहस्पतिले तपाईंलाई त्यति शुभ परिणाम दिने छैन। कार्यक्षेत्रमा कामको बझ अत्याधिक हुनेछ, जसको कारण मानसिक तनाव बढ्न सक्छ। रोजगारको खोजीमा रहेका मानिसले कडा मेहनत गर्नुपर्ने देखिन्छ, सजिलै सफलता हात नलाग्ला। आकस्मिक धन खर्च हुनाले तपाईंको आर्थिक पक्ष कमजोर रहनेछ।
धनु राशि
बृहस्पति ग्रह यस राशिको दोस्रो भावमा प्रवेश गर्नेछ, जसले शुभ परिणाम दिनेछ। प्रसस्त रूपमा धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ। आर्थिक पक्ष मजबूत हुनेछ। पारिवारिक समस्या रहेपनि समयसँगै सबै समस्या हल हुनेछन्। व्यापार व्यवसायको क्षेत्रमा पनि बृहस्पतिको यो गोचर तपाईंका लागि शुभ रहनेछ।कार्यक्षेत्रमा तपाईंको लागि समय सकारात्मक रहनेछ।
मकर राशि
राशिको पहिलो भावमा गोचर हुने बृहस्पतिको प्रभाव मकर राशिका मानिसलाई शुभ नरहला। भौतिक सुखमा कमी अ आउने सम्भावना देखिन्छ। कुनै पनि काम गर्नु अघि राम्रोसँग सोच विचार गरेर मात्र उक्त काम आँट्नु होला, अन्यथा नोक्सान हुने सम्भावना उच्च रहेको छ। कुनै पनि क्षेत्रमा ठूलो रकम निवेश गर्नबाट बच्नुहोला। स्वास्थ्यको बारेमा चिन्ता रहन सक्छ, सतर्क रहनुहोला।
कुम्भ राशि
कुम्भ राशिको बाह्रौँ भावमा गोचर हुने बृहस्पतिले यस राशिका मानिसलाई शुभ फल दिने देखिँदैन। अनावश्यक खर्चमा हुने वृद्धिले तपाईंको आर्थिक स्थितिलाई कमजोर बनाउन सक्छ। व्यापार व्यवसायको क्षेत्रमा संलग्न रहेका मानिसको लागि पनि यो गोचर अनुकूल रहने छैन, खास सफलता हात पर्ने सम्भावना निकै कम रहेको छ। आयमा केहि वृद्धि भएता पनि खर्च अझ बढी हुनेछ।
मीन राशि
मीन राशिका मानिसको लागि बृहस्पतिको गोचर अत्यन्त लाभदायक साबित हुनेछ। आकस्मिक धन लाभ हुने प्रवल सम्भावना रहेको छ। कुनै ठूलो कार्य सुरु गर्न, नयाँ व्यापार सुरु गर्न वा कुनै ठूलो सम्झौतामा हस्ताक्षर गर्नको लागि यो समय अत्यन्त शुभ रहनेछ। विवाह सम्बन्धि वार्ता सफल हुनेछ। तपाईंको आर्थिक पक्ष मजबूत हुनेछ।