आज यस हाइड्रोपावरको आईपीओ खरिद गर्ने अन्तिम दिन!

काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । यो आइपिओ गत भदौ १ गतेदेखि आयोजना प्रभावित स्थानियका खुला भएको हो।

कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र संस्थापक शेयरधनीहरुलाई रु एक सय अङ्कितका दरले १८ लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो ।

यस कम्पनीको आइपिओमा मागभन्दा बढी आवेदन परिसकेकोले छिटो अवधि आजसम्म मात्र  बिक्रि  गरिनेछ।

कम्पनीले प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ (खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (बाहुनडाँडा गा.वि.स. र  भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाका लागि पाच लाख कित्ता शेयर बिक्रि  गर्न लागेको हो । सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर बिक्रि गर्न लागेको हो ।

बाँकी रहेको ३ लाख कित्ता भने संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि बिक्रि  गर्नेछ । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ ।

प्रकाशित : मङ्गलबार, भदौ १५, २०७८१०:३१

प्रियंका चोपडाको ‘नि-तम्ब’ मा पति निकले खाजा खाएपछि…तस्विर सहित!