लगातार ३ दिन स्थिर रहेको सुनको भाउ आज घट्यो, कतिमा कारोबार हुँदै ?

लगातार तीन दिन स्थिर रहेको सुनको भाउ मंगलबार भने घटेको छ। शुक्रबार, आइतबार र सोमबार कुनै प्रकारको घटबढ नभई स्थिर रहेको सुनको भाउमा आज भने ४ सय रुपैयाँको गिरावट आएको हो।

मंगलबार ४ सय रुपैयाँले घटेसँगै छापवाला सुन तोलाको ९१ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार, आइतबार र सोमबार भने छापवाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनमा पनि मंगलबार ४ सय रुपैयाँको नै गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार, आइतबार र सोमबार लगातार तीन दिन एकै भाउ ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार भने तोलाको ९० हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आइतबार र सोमबार एकै भाउमा किनबेच भएको चाँदीको मूल्यमा मंगलबार भने ५ रुपैयाँको सामान्य गिरावट आएको हो। आइतबार र सोमाबर १२ सय १० मा कारोबार भएको चाँदीको भाउ आज भने १२ सय ५ रुपैयाँ कायम भएको छ।

प्रकाशित : मङ्गलबार, भदौ १५, २०७८१२:१०

पछिल्लो दुई दिनमा १२० अंकको गिरावटपछि आज नेप्सेमा १ अंकको सुधार !