यसकारण कलाकार निशा घिमिरेको स्वास्थ्यमा आएन सुधार, कस्तो छ अहिले!

कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ ।

नर्भिक इन्टरनेशनल अस्पतालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सबै खालका उपचारको पद्धति अपनाउँदा पनि उहाँको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए ।

उहाँका अनुसार दु-र्घटनापछि मस्तिष्कमा गम्भीर समस्या देखिएको र लामो समय उपचारविहीन भएकाले घिमिरेको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । उहाँका उपचारमा संलग्न चिकित्सक डा पङ्कज जलानले सबै विकल्पमा उपचार भइरहेको भन्दै दुर्घटनाका कारण मस्तिष्कमा गम्भीर चोट लागेको र अवस्था निकै जटिल रहेकाले पूर्णरुपमा सामान्य अवस्था हुने सम्भावना कम भएको बताए  ।

आर्थिक अवस्थाका कारण उपचार नपाउँदा घिमिरे घरमै अर्धचेत अवस्थामा रहेकी थिइन् । पछि नर्भिक अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले निःशुल्क उपचारको व्यवस्था गर्दै अस्पतालमा भर्ना गरिएको थियो । अहिलेसम्म उनको उपचारमा अस्पतालले रु ५० लाख खर्च गरिसकेको जनाएको छ ।

प्रकाशित : मङ्गलबार, भदौ १५, २०७८२०:०८

सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा