घट्यो सुनको मूल्य, १० दिन यताकै सस्तो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। हप्ताको दुई दिन स्थिर रहेर हप्ताको तेस्रो दिन घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ ​सय रुपैंयाँले नै बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार ५ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुन आइतबार र सोमबार ९१ हजार ६ सय तथा मंगलबार ९१ हजार २ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आइतबार र सोमबार ९१ हजार १ सय तथा मंगलबार ९० हजार ७ सय रुपैंयाँ कारोबार भएको थियो।

सुन भदौ ६ गते यताकै सस्तो

भदौ लागेपछि लगातार महँगो भएको सुनको मूल्य आज भदौ ६ गते पछिकै सस्तो रहेको छ। आज सुन १० दिन यताकै सस्तो रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य कति ?

आज सुनको मूल्य मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले घटेर ११ सय ९५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, भदौ १६, २०७८१०:५१

अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता !