मेष राशि
महिनाको सुरुवात शुभ रहनेछ। करियर तथा व्यापारका सफलताको फड्को मार्न सक्नु हुनेछ। कार्यक्षेत्रमा सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको पद-प्रतिष्ठा बढ्ने देखिन्छ। शिक्षा क्षेत्रमा रहेका मनिको लागि छिट्टै नै शुभ समाचार मिल्नेछ। स्वास्थ्यको बारेमा भने सावधान रहन आवश्यक रहेको छ। खानपानमा विशेष ध्यान दिनुहोला। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।
वृष राशि
वृष राशिका मनिसको लागि यो महिना मिश्रित फलदायी रहनेछ। महिनाको सुरुवातमा तपाईंले लामो समयबाट प्रयास गर्दै आएको काम सफलताका साथ सम्पन्न गर्न सक्नुहुनेछ। महिला वर्गका लागि यो महिना अत्यन्त शुभ साबित हुन्छ। व्यापार व्यवसाय क्षेत्रमा भने थोरै सावधान भएर काम गर्नु पर्ने देखिन्छ। कतै धन निवेश गर्दै हुनुहुन्छ भने राम्रोसँग सोचेर मात्र निर्णय गर्नुहोला। पारिवारिक कलह बढ्नसक्छ। कठिन समयमा जीवनसाथीको साथ मिल्नेछ।
मिथुन राशि
यस महिना मिथुन राशिका मानिसलाई आलस्यले सताउन सक्छ। कुनै पनि कार्यमा लापरवाही निकै महँगो पर्नसक्छ, सजग रहनुहोला। कार्यक्षेत्रमा गुप्त शत्रुले षड्यन्त्र गर्न सक्छन्। साथी-भाइबाट साथ-सहयोगको अपेक्षा नराख्दा नै राम्रो होला। समयसँगै परिस्थिति सकारात्मक हुँदै जानेछन्। यो समय व्यापारीहरुका लागि निकै शुभ साबित हुनेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ। यात्रा गर्दा स्वास्थ्यको विशेष ख्याल राख्नुहोला।
कर्कट राशि
कर्कट राशिका मानिसले यो महिना भाग्यको साथ खुब पाउनेछन्। हरेक क्षेत्रमा सफलता हात पर्न सकिनेछ। कुनै पनि कार्य सफलता पार्नको लागि वरिष्ठ व्यक्तिको सहयोग मिल्नेछ। रोजगारको खोजीमा रहेका मानिसले सफलता प्राप्त गर्नेछन्। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ। जिम्मेवारी तथा कार्यभार पनि बढ्नेछ। आयका नयाँ श्रोत बढ्नेछन्। प्रेम सम्बन्धको लागि यो महिना अत्यन्त शुभ रहनेछ। लामो तथा रमणीय यात्राको पनि सम्भावना रहेको छ।
सिंह राशि
सेप्टेम्बर महिना लाग्नेबितिकै दौडधुप बढेपनि महत्वपूर्ण कार्यहरु सहजै सफल हुनेछन्। जीवनमा रहेका समस्याहरु क्रमश हट्दै जानेछन्। प्रयत्न गर्दा विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। विदेशमा रहने आफन्तजनको तर्फबाट शुभ समाचार प्राप्त हुनेछ। हरेक कार्यमा परिवारको साथ मिल्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। महिनाको अन्त्यमा रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुन सक्ला।
कन्या राशि
सेप्टेम्बर महिना कन्या राशि हुनेहरुका लागि वरदान सावित हुनेछ। महिनाको शुरुवातमै बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। बिग्रिएका कार्यमा सुधार देखिनेछ। आर्थिक समस्या देखि छुटकारा मिल्नेछ। बौद्धिक रुपमा आफ्नो क्षमता देखाउने उपयुक्त समय मिल्नेछ। शत्रु सहजै पराजित हुनेछन्। विद्यार्थीहरुका लागि पनि महिना धेरै शुभ रहनेवाला छ। लाभांश सञ्चय अवसर मिल्न सक्ला। शेयर बजारमा लगानी गर्नको लागि महिना धेरै शुभ देखिन्छ।
तुला राशि
यो महिना तपाईंले हरेक कार्य निकै सम्हालिएर गर्नुपर्ने हुन्छ। महिनाको सुरुवात मै कार्यक्षेत्रमा विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ। कुनै पनि कार्य सफल गर्न निकै कडा मेहनत गर्नुपर्नेछ। ठूला कार्य सुरु गर्न चाहनुहुन्छ भने केहि समय कुर्नु नै राम्रो होला। विद्यार्थी वर्ग तथा शिक्षा क्षेत्रका मानिसको लागि पनि यो समय त्यति राम्रो छैन। दाम्पत्य जीवनमा एक-अर्का बीच मनमुटाव पैदा हुनसक्छ। महिनाको अन्त्यमा स्वास्थ्य तथा भविष्यका कारण मन चिन्तित रहनेछ।
वृश्चिक राशि
सेप्टेम्बर महिना वृश्चिक राशि हुनेहरुका लागि धेरै शुभ सावित हुने देखिन्छ। सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने अवसर मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्ला। सामाजिक दायित्व उचित तरिकाबाट बहन गर्दा सम्मानित भैनेछ। विशिष्ट व्यक्तिहरूसँगको मित्रताले महत्वपूर्ण कार्य सफल गराउनेछ। महिनाको अन्त्यमा धार्मिक अनुष्ठानमा सहभागी हुने अवसर मिल्नेछ। प्रेम जीवन पनि महिनाभर उत्साहप्रद रहन सक्ला।
धनु राशि
धनु राशिका मानिसलाई यो महिना आलस्यले सताउन सक्छ। कार्यक्षेत्रमा निकै सावधानपूर्वक काम गर्नुपर्ने देखिन्छ। यो समयमा तपाईंको शत्रु निकै सक्रिय हुनेछन्। कुनै सानो गल्तीले पनि तपाईंको मान-सम्मानमा ठेस पुर्याउन सक्छ। मानसिक तनाब बढ्नेछ। अनावश्यक क्षेत्रमा खर्च बढ्दा आर्थिक सङ्कटले सताउन सक्छ। तपाईंको कठिन समयमा जीवनसाथीबाट भने पूरा साथ सहयोग प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा पनि खास सफलता प्राप्त नहुन पनि सक्छ।
मकर राशि
मकर राशिका मानिसले यो महिना हरेक कार्य निकै ध्यान दिएर गर्नुपर्नेछ। महिनाको सुरुवात मै कार्यक्षेत्रमा कामको बोझ बढ्नेछ। आर्थिक समस्याले पनि सताउने सम्भावना देखिन्छ। अनावश्यक खर्च गर्नबाट बच्नुहोला। शत्रुले तपाईंलाई तल झार्ने खुब प्रयास गर्नेछन्। यो अवधिमा लेन-देनको दृष्टिकोणले कसैलाई पनि विश्वास गर्ने स्थिति छैन, अन्यथा नोक्सान हुने उच्च सम्भावना छ। प्रेम सम्बन्धमा पनि कुनै न कुनै विषयमा मनमुटाव हुनसक्छ। पारिवारिक स्थिति पनि सकारात्मक नरहला।
कुम्भ राशि
कुम्भ राशिका मानिसको यो महिना आफ्नो काममा विश्वास गर्नुपर्छ। भाग्यको भर नपर्नुहोला। कुनै योजना सोचेर सम्झेर मात्र अगाडी बढाउनुहोला। कार्यक्षेत्रमा तपाईंको विरोधी उत्पन्न हुनसक्छन् तर तपाईं उनीहरुलाई पराजित गर्न सफल हुनुहुनेछ। साथी-भाइबाट कुनै प्रकारको सहयोगको आशा नगर्नुहोस्। तपाईंको मान-सम्मानमा आँच आउनसक्छ। प्रेम सम्बन्धका लागि पनि यो महिना त्यति अनुकूल छैन। आकस्मिक लामो यात्रा गर्नुपर्ने हुनसक्छ। स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।
मीन राशि
तपाईंले यो महिना आफ्नो बोली तथा क्रोधमा संयम राख्नु पर्ने हुन्छ, अन्यथा बनेको काम पनि बिग्रन सक्छ। विपरित लिंगीप्रति आकर्षण बढ्नेछ। यो समयमा प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। महिनाको अन्त्यमा प्रियजनको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ। यो अवाधिमा तपाईंले आर्थिक समस्याको पनि सामना गर्न सक्नुहुनेछ। अनावश्यक क्षेत्रमा खर्च गर्नबाट बच्नुहोला। जग्गा-जमीन सम्बन्धि मामिलामा वाद-विवाद हुन पनि सक्छ, सजग रहनुहोला।