रोनाल्डोले विश्व जितिसकेको पेलेको दाबी, लेखे यस्तो स्ट्याटस !

म्यानचेस्टर युनाइटेडमा १२ वर्षपछि फर्किएका रोनाल्डोलाई थुप्रै फुटबलिङ व्यक्तित्वले बधाई दिनुका साथै स्वागत गरेका छन्। सन् २००९ मा रेड डेभिल छाडेर रियल म्याड्रिड प्रस्थान गरेका रोनाल्डो पुनः म्यानचेस्टर फर्किएका हुन्।

रोनाल्डो ट्रान्सफरबाट उत्साहित भएका मध्ये ३ पटकका विश्वकप विजेता पेले पनि एक रहेका छन्। भनिन्छ महानताले महानतालाई चिन्छ, फुटबल इतिहास कै दुई सर्वोत्कृष्ट खेलाडी मानिने यी दुई सुपरस्टार बीच एक-अर्कालाई असिमित सम्मान रहेको छ। यस्तोमा ८० वर्षीय ब्राजिलियन दिग्गजले युरो २०२० गोल्डेन बुट विजेतालाई केहि सुनौलो सन्देशका साथ युनाइटेडमा दोस्रो कार्यकालका लागि शुभकामना दिएका छन्।

“सारा विश्वलाई जितेर पुनः घर फर्किनु भन्दा राम्रो अनुभूति केहि पनि हुँदैन। सधैं खुसी रहनु, क्रिस्टियानो रोनाल्डो,” पेले लेख्छन्। रोनाल्डोलाई आधुनिक पुस्ता कै सर्वोत्कृष्ट खेलाडी मान्ने पेले रोनाल्डो म्यानचेस्टर फर्किएकोमा प्रशन्न रहेका छन्।

रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेडका लागि खेल्दै २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनी युनाइटेडबाट त्यस समयको विश्व कीर्तिमानी रकममा रियल म्याड्रिड पुगेका थिए। जहाँ उनले रियलको जर्सीमा ९ वर्ष खेल्दै ४३८ खेलमा ४५० गोल गर्न सफल भए। रियल म्याड्रिडमा ४ पटक ब्यालुन डी ओर जितेका रोनाल्डो २०१८ मा इटालियन क्लब युभेन्टस प्रस्थान गरेका थिए।

प्रकाशित : बुधबार, भदौ १६, २०७८१८:११

रोनाल्डोले तोडे अर्को किर्तिमान, बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी !