कोरोना संक्रमित भन्दा झन्डै एक हजार धेरै निको भए, २० जनाको मृ-त्यु !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप २ हजार ०५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ६४ हजार २९५ पुगेको छ भने एन्टिजेन विधिबाट ८३ हजार ९०९ जनामा संक्रमण पुष्टि भएको छ।

थप १० हजार ६१२ जनाको पिसिआर परीक्षण तथा ४ हजार ३२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ६४८ तथा एन्टिजेनबाट ४०४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३९ लाख २५ हजार ७५८ जना पुगेको छ । हालसम्म ७ लाख १९ हजार ३३६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ०३० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३४ हजार १८९ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २० जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ७७० पुगेको छ।

प्रकाशित : बुधबार, भदौ १६, २०७८१७:३६

भोलिबाट फिल्म हल खोल्न पाइने!