क्विन एलिजावेथलाई अटोग्राप दिने संसारकै पहिलो व्यक्ति बन्दै रोनाल्डो, रोनाल्डोको जर्सी पनि लगाउने !

वेलायती महारानी क्विन एलिजावेथलाई अटोग्राफ दिने पहिलो व्यक्ति बन्दैछन् म्यानचेस्टर युनाइटेडका नयाँ खेलाडी क्रिस्टियानो रोनाल्डो। ओल्ड ट्राफर्डमा रोनाल्डोको सनसनीपूर्ण पुनरागमन पश्चात क्विन एलिजावेथले क्लबका ८० जर्सी अर्डर गरेकी छिन्।

त्यस्तै, क्विन एलिजावेथले रोनाल्डोले अटोग्राफ गरेको पहिलो जर्सीका लागि पनि क्लबलाई आग्रह गरेकी छिन्। महारानीले अहिलेसम्म थुप्रै महान व्यक्तिसँग भेट गरेकी छिन् तर उनले आजसम्म कसैलाई पनि अतोग्राप माग गरेकी थिइनन्। युभेन्टसबाट १२ वर्षपछि क्लब फर्केका रोनाल्डोको जर्सी छिटै नै उपलब्ध हुने बताइएको छ र जसमध्ये ८० जर्सी लण्डन पुग्ने पक्का भएको छ।

क्विन एलिजावेथ रेड डेभिलकी समर्थक भने कतै हैनन्। उनले प्रिमियर लिग क्लब वेस्ट ह्यामलाई समर्थन गर्ने गरेको बुझिएको छ। तर रातो जर्सीमा रोनाल्डोको अगमानले महारानी पनि उत्साहित भएको प्रष्ट देख्न सकिन्छ।

युनाइटेडसँग अनुबन्ध भएपछि पहिलो पटक रोनाल्डोले अन्तर्वार्तामा भने,”यो क्लबसँग मेरो निकै राम्रो इतिहास रहेको छ। पहिलो पटक म यहाँ आउँदा १८ वर्षको थिएँ। आज पुनः १२ वर्षपछि फर्किएको छु। क्लबलाई सक्दो धेरै उपाधि जिताउन प्रयास गर्नेछु।”

रोनाल्डोका साथै रियल म्याड्रिडबाट सेन्टर डिफेन्डर राफाएल भारान र डर्टमण्डबाट युवा स्टार जेडन सान्चोलाई अनुबन्ध गरेको म्यानचेस्टरका लागि हालै बन्द भएको समर ट्रान्सफर विन्डो निकै सफल रह्यो।

प्रकाशित : बिहिबार, भदौ १७, २०७८१२:३८

यस्तो हुन सक्छ भारत विरुद्ध नेपालको सम्भावित ११ !