नेपाल र भारत बीच आज महा भिडन्त हुँदै, कसरी हेर्ने त लाइभ ? थाहा पाइराख्नुस !

दुई मित्र राष्ट्र नेपाल र भारत बीचको दुई मैत्रीपूर्ण खेलको पहिलो खेल आज साँझ ५:३० बाट सुरु हुँदैछ। दशरथ रंगशालामा हुने पहिलो खेलमा दर्शक पनि उपस्थित हुन पाउने भएका छन्। ६ वर्षपछि दशरथ रंगशालामा खेल्न लागेका दुबै टोली जीतको खोजीमा मैदानमा उत्रिनेछन्।

प्रत्यक्ष रूपमा मैदान मै गएर खेल हेर्नका लागि भने केहि स्वास्थ्य सम्बन्धि नियम पालना गर्नुपर्नेछ। त्यसका लागि कोरोना विरुद्धको खोपको दुबै डोज लगाएको वा हालै गरेको पीसीआर परिक्षण नेगेटिभ आएको रिपोर्ट देखाउनु पर्नेछ। टिकेट मूल्य पनि तय भइसकेको छ। एन्फाले भिआइपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ।

कसरी लाइभ हेर्ने त खेल ?

नेपाल र भारत बीच हुन लागि मैत्रीपूर्ण खेल हिमालयन टिभीबाट प्रत्यक्ष रूपमा हेर्न सकिनेछ। खेल नेपाली समय अनुसार साँझ ५:३० बाट त्रिपुरेश्वोर स्थित दशरथ रंगशालामा सुरु हुनेछ।

भारत विरुद्ध खेलका लागि घोषणा भएको २५  सदसीय टोली यस प्रकार छ:- 

गोलकिपर: किरण कुमार लिम्बु,  दीप कार्की,  बिशाल श्रेष्ठ, विकेश कुथु

डिफेन्डर: अनन्त तामाङ, दिनेश राजवंशी,  गौतम श्रेष्ठ,  रोहित चन्द, सुमन अर्याल,  राजन गरुङ, कमल थापा

मिडफिल्डर: आयुष घलान, बिशाल राई,  नितिन थापा, पुजन उपरकोटी,  सन्तोष  तामाङ,  सुजल श्रेष्ठ, सुनिल बल,  सुरज जेउ ठकुरी,              तेज तामाङ

फरवार्ड: आशिष लामा, अन्जन विष्ट,  मनिष डांगी, नवयुग श्रेष्ठ, सुमन लामा

प्रकाशित : बिहिबार, भदौ १७, २०७८१०:२१

इतिहास पल्टाउने दाउमा नेपाली टोली, यस्तो छ भारत विरुद्ध नेपालको इतिहास !