लगातार घट्दै सुनको भाउ, भदै महिना कै सस्तो भयो सुन !

बिहिबार सुनको मूल्यमा गिरावट आएको छ। हप्ताको पहिलो दुई दिन स्थिर रहेको सुनको भाउ त्यसपछि भने लगातार घट्दै आएको छ। आइतबार र सोमबार कुनै प्रकारको घटबढ नभएको सुनको भाउमा मंगलबार ४ सय रुपैयाँको गिरावट आएको थियो।

मंगलबारको तुलनामा बिहिबार २ सय रुपैयाँले घटेको सुनको भाउ आज बिहिबार पनि २ सय रुपैयाँको गिरावट आएको छ। जससँगै छापवाला सुन प्रतितोला ९० हजार ८ सय कायम भएको नेपला सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजाबी सुनको भाउमा पनि २ सय रुपैयाँले गिरावट आएको छ। बिहिबारको गिरावटसँगै तेजाबी सुन तोलाको ९० हजार ३ सय रुपैयाँमा
कारोबार भइरहेको छ।

सुन भदौ महिना कै महँगो

बिहिबार कायम भएको सुनको मूल्य भदौ महिना कै सबैभन्दा सस्तो रहेको छ। यसअघि भदौ ३ गते सुनको भाउ आज कै विन्दुमा रहेको थियो। त्यसदिन बाहेक भदौ महिनाभर सुनको मूल्य आजको विन्दुमा आएको थिएन।

चाँदीको मूल्य कति ?

आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य भने बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले बढेर १२ सय ०५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : बिहिबार, भदौ १७, २०७८११:१८

नेप्सेमा भारी गिरावट, कारोबार भएका सबै समूह ओरालो लागे !