सर्वोत्कृष्ट अन्तराष्ट्रिय गोलकर्ता बनेपछि रोनाल्डोले लेखे यस्तो सन्देश, अझै अनगिन्ती गोल गर्ने बाचा !

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्यान्डविरुद्ध खेलमा २ गोल गर्दै रोनाल्डोले यस कीर्तिमान आफ्नो नाम गरेका हुन् ।

यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए । बुधबारको खेलमा आयरल्यान्डविरुद्ध बराबरी गोल गर्दै १ सय १० औं गोल गरेका रोनाल्डोले इन्ज्युरी समयमा विजयी गोल गर्दै आफ्नो गोल संख्या १ सय ११ पुर्याए । रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् ।

अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेपछि ३६ वर्षीय स्ट्राइकरले इन्स्टाग्राममा पोस्ट गर्दै आफ्ना समर्थकलाई आफूले अझै धेरै गोल गर्न बाँकी रहेको बताएका छन्। आफ्नो करियरमा अनगिन्ती रेकर्ड तोडेका रोनाल्डोले यस रेकर्ड आफ्नो लागि सबैभन्दा खास रहेको पनि उल्लेख गरेका छन्।

पोर्चुगललाई उत्कृष्ट पुनरागमन जीत दिलाएपछि रोनाल्डोले इन्स्टाग्राममा एक भिडियो साझा गर्दै लेखे,”मसँग कुनै शब्द नै छैन। म निकै जोशमा छु। आजसम्म मैले बनाएको सबै रेकर्ड भन्दा यो निकै खास रहेको छ। यस्तो रेकर्ड आफ्नो नाममा गर्न पाउँदा गर्व महशुस गरेको छु। देशका लागि खेल्नु मेरो लागि विशेष रहेको छ। अन्तराष्ट्रिय स्तरमा गरेको प्रदर्शनले निकै प्रभाव पनि पार्ने गर्छ। आफ्नो देशका लागि, झन्डाका लागि र आफ्ना मानिसको लागि खेल्नु केहि विशेष नै हुन्छ।”

 

View this post on Instagram

 

A post shared by Cristiano Ronaldo (@cristiano)

१११ गोल गर्नु भनेको सबै पोर्चुगिजका लागि खुसी दिनु हो भन्दै थप रूपमा उनी लेख्छन्,”म खुसी हुनुको अर्को कारण भने अली दायइले उच्च स्तरमा एक स्ट्याण्डर्ड सेट गरेका थिए जसलाई मैले पार गरेको छु, जसको बारेमा मैले कुनै समयमा सोचेको पनि थिएन। सबैलाई टिममेट, सबै समर्थक र सबै पोर्चुगिजलाई म धन्यबाद दिन चाहन्छु। म गिन्ती गर्न रोकिन्न।”

प्रकाशित : बिहिबार, भदौ १७, २०७८१२:०८

“रोनाल्डो अनुबन्ध गरेर युनाइटेडले ठूलो गल्ती गर्यो, उनले केहि गर्न सक्दैनन्”