पछिल्लो २४ घण्टामा २ हजार भन्दा बढी संक्रमित थपिए, १८४६ जना संक्रमणमुक्त !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ६५ हजार ९१४ पुगेको छ भने एन्टिजेन विधिबाट ८४ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ।

थप १० हजार ६५८ जनाको पिसिआर परीक्षण तथा ३ हजार ९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार  ६१९ तथा एन्टिजेनबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३९ लाख ३६ हजार ४१६ जना पुगेको छ । हालसम्म ७ लाख २१ हजार १८२ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८४६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप  २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३३ हजार ९४६ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १६ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ७८६ पुगेको छ।

उपत्यकामा ७९३ संक्रमित थपिए 

काठमाडौँ उपत्यका मात्र थप ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ५४१ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, ललितपुरमा १५२ र भक्तपुरमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : बिहिबार, भदौ १७, २०७८१६:३१

हरितालिका तीजको अवसर पारेर पशुपतिनाथ मन्दिर खोल्ने तयारी !