नेपाल र भारत बीचको खेल काठमाडौँ त्रिपुरेश्वोर स्थित दशरथ रंगशालामा सुरु भएको छ। नेपाली टोलीको कप्तानी गोलकिपर किरण कुमार लिम्बुले गर्दा भारत स्टार स्ट्राइकर सुनिल क्षेत्रीको कप्तानीमा उत्रिनेछ।
कसरी हेर्ने प्रत्यक्ष खेल
हिमालय टेलिभिजन
ओएसआर स्पोट्स युट्युब च्यानल
के छ यी दुई टोली बीचको इतिहास
नेपाल र भारत बीच अहिलेसम्म १९ पटक आमने-सामने भएका छन्। जसमा मात्र २ पटक मात्र विजयी भएको छ। भारतले १३ खेलमा जीत निकाल्न सफल भएको छ भने ४ खेल बराबरीमा सकिएको छ। इतिहास हेर्ने हो भने भारत नेपाल माथि हावी देखिन्छ।
यस्तो छ नेपालको सुरुवाती ११
गोलकिपर: किरण कुमार लिम्बु
डिफेन्डर: सुमन अर्याल, दिनेश रास्जवंशी, अनन्त तामाङ र गौतम श्रेष्ठ
मिडफिल्डर: पुजन उपरकोटि, तेज तामाङ र सुमन लामा
फरवार्ड: अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान