हिजो भदौ महिना कै सस्तो भएको सुन आज बढ्यो, कति ?

बिहिबार भदौ महिना कै सस्तो भएको सुनको भाउमा शुक्रबार भने सामान्य वृद्धि भएको छ। हप्ताको पहिलो दुई दिन स्थिर रहेर लगातार ३ दिन घटेको सुनको मूल्य आज भने बढेको हो।

बिहिबार तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ्पवाला सुन आज भने एक सय रुपैयाँले बढेर ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्यमा पनि एक सय रुपैयाँको वृद्धि भएको छ। बिहिबार प्रतितोला ९० हजार ३ सयमा कारोबार भएको तीजाबी सुन शुक्रबार एक सयले बढेर ९० हजार ४ सय रुपैयाँ कायम भएको छ।

हप्ताको पहिलो दिन छापवाला सुनको भाउ तोलाको ९१ हजार ६ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ। यस्तोमा, यो हप्ता समग्रमा सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट आएको छ।

शुक्रबार चाँदीको मूल्यमा भने गिरावट आएको छ। बिहिबार तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८११:२२

साताभर नै नेप्से राताम्य, २०० भन्दा बढी अंकले घट्यो !