“रोनाल्डोले युभेन्टसलाई अपमान गरेर गए, किन यस्तो घमण्ड ?”

सर्जियो ब्रियो र एलेसियो टाच्चीनार्डीका अनुसार रोनाल्डोले इटालियन क्लब युभेन्टस फरक तरिकाले पनि छाड्न सक्थे तर उनले क्लबको अपमान गर्दै म्यानचेस्टर प्रस्थान गरेका छन्। इटालियन क्लबबाट रोनाल्डो जसरी बाहिरिए, उक्त तरिका क्लबका दुई दिग्गजलाई कतै पचेन।

५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डो ओल्ड लेडीसँग १ वर्ष सम्झौता बाँकी रहँदा पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन्। हालै अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रोनाल्डोले क्लबलाई उनको स्थानमा कुनै विश्वस्तरीय खेलाडी अनुबन्ध गर्न नसकिने स्थितिमा पुर्याएको भन्दै आलोचना भएको छ।

युभेन्टस दिग्गज टाच्चीनार्डीका अनुसार रोनाल्डोको ट्रान्सफर फरक तरिकाले सम्हाल्न पनि सकिन्थ्यो। टुटोस्पोर्टसँग उनले भने,”रोनाल्डोले भिन्न तरिकाले क्लब छाड्न सक्थे। क्लबका प्रशिक्षक एलेग्री एम्पोली विरुद्धको खेलका लागि प्रशिक्षण गराउँदै गर्दा आफ्नै जेटमा हिँडे। मैले पत्रकार सम्मेलन गरेर सबैसँग बिदा मागेर जान्छन् भन्ने आशा गरेको थिएँ। क्लब र समर्थक केहि सम्मानको त हकदार थिए।”

“रोनाल्डोले म आफ्नै घर फर्किएको हुँ भन्नका लागि उनी डेल पिएरो, टोटि, माल्दिनी, जानेटी जस्ता वफादार दिग्गज हैनन्। उनले क्लबलाई निकै कठिन स्थितिमा छाडेर गए। क्लबसँग रोनाल्डो जस्तो गोल मेसिनको स्थान लिने खेलाडी किन्ने समय थिएन,” उनले भने।

त्यस्तै, इतलियन क्लबका अर्का दिग्गज खेलाडी सर्जियो ब्रियोका अनुसार पनि रोनाल्डोले क्लबलाई अपमान गरेर गएका हुन्। उनले भने,”रोनाल्डोले युभेन्टसलाई केहि सम्मान त दिनु पर्थ्यो। मैले रोनाल्डोले यसरी क्लबलाई बेवास्ता गर्छन् भन्ने सोचेको थिएन। उनले राम्रो काम गरेनन्।”

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८१८:२८

“मेस्सी सबै खेलाडी भन्दा भिन्न स्तरका खेलाडी हुन्, यस्तो खेलाडी अबको सय वर्षसम्म आउँदैन”