करियर नै अन्त्य हुने ट्याकलबाट बचे मेस्सी, फुट्यो फ्यान्सको रिस [भिडियो सहित]

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भेनेजुएला विरुद्धको जितमा करियरको अन्त्य गर्ने किसिमको ट्याकलका कारण ग-म्भीर चोटबाट बचेका छन्। विश्वकप छनौट खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-१ ले पराजित गर्यो। कोपा अमेरिका च्याम्पियनका लागि लाउटारो मार्टिनेज, एन्गल कोरेया र जाकुइन कोरेयाले गोल गरे।

पहिलो हाफको २९ औं मिनेटमा नै भेनेजुएलाका एड्रीयन मार्टिनेजले रातो कार्ड पाउँदै मैदान छाड्नु परेपछि घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई निकै खतरनाक ट्याकल गर्दा मार्टिनेजलाई रेफ्रीले पहेंलो कार्ड देखाएका थिए तर भीएआर रिभ्युपछि उनले रातो कार्ड पाएका थिए।

जसपछि लाउटारो मार्टिनेजले पहिलो हाफको अन्त्यतिर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यस्तै, एन्गल कोरेया र जाकुइन कोरेयाले दोस्रो हाफमा गोल गर्दै अर्जेन्टिनालाई ३-० को अग्रता दिएका थिए। घरेलु टोलीका लागि ९४ मिनेटमा एफेरसन सोटेल्डोले पेनाल्टी मार्फत एक गोल गरेका थिए।

खेलपछि पनि मार्टिनेजले मेस्सी माथि गरेको निकै खतरनाक ट्याकलको बारेमा चर्चा भइरहेको छ। धेरैले यसलाई कुनै पनि खेलाडीको करियर नै अन्त्य गर्ने किसिमको ट्याकल भनेका छन्। जसको कारण कुनै प्रकारको चोट समेत नलागेको मेस्सीलाई भाग्यशाली मान्ने धेरै छन्।

ट्वीटरमा एकले लेखे,”मार्टिनेजबाट निकै खराब ट्याकल, अनावश्यक।” त्यस्तै, अर्का ट्वीटर प्रयोगकर्ता लेख्छन्,”तपाईंलाई धन्यबाद भगवान, मेस्सीलाई निकै खतरनाक ट्याकलबाट बचाएउ।”

मेस्सीले सेप्टेम्बर ७ मा ब्राजिल विरुद्ध विश्वकप छनौट अन्तर्गत कै अर्को खेल खेल्नेछन्।

प्रकाशित : शनिबार, भदौ १९, २०७८१०:१८

“मेस्सीले पीएसजीलाई च्याम्पियन्स लिग जिताउँछन् अनि बार्सिलोना फर्किने छन्”