मानव जीवन सस्तो भयो भन्दै संसारबाट बिदा लिए सिद्धार्थ शुक्लाले !

बिहिबार बलिउड कलाकार तथा ‘बिग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधनको खबर आयो। टिभी क्षेत्रका प्रसिद्ध कलाकार सिद्धार्थको निधनको खबरले पूरै बलिउड तथा टिभी क्षेत्र नै स्तब्ध बन्यो। उनको निधनको खबर परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई कुनै झड्का भन्दा कम थिएन।

टिभी सिरियल ‘बालिका बधु’बाट रातारात चर्चामा आएका सिद्धार्थले थुप्रै टिभी कार्यक्रम तथा चलचित्रमा काम गरिसकेका छन्। बिग बोस १३ को उपाधि जितेपछि उनको करियरले नयाँ उचाई छोएको थियो। लगातार सफलताको शिखरमा चड्दै गरेका सिद्धार्थ र बिग बोस १३ कै अर्की प्रतिस्पर्धी सहनाज गिलको जोडिले निकै चर्चा पाएको थियो। प्रेम सम्बन्धमा रहेको चर्चा पनि चलिरहेको समयमा यी दुई बीचको साथ पनि छुटेको छ।

बिहिबार हृदयघातका कारण ज्यान जानु ६ दिन पहिले मात्र सिद्धार्थले अहिलेको समयमा मानव जीवन सस्तो भएको जिकिर गरेका थिए। २६ अगस्टको दिन जब एक व्यक्तिले सिद्धार्थ शुक्लालाई ट्वीटरमा ट्याग गर्दै सिद्धार्थले सडक कुकुरहरुको लागि चलाइरहेको अभियानमा आफू पनि सामेल भएको जानकारी गराएका थिए। अभिनेताको यस्तो सकारात्मक कदमको प्रशंसा गर्दै उनले सिद्धार्थलाई बधाई समेत दिएका थिए।

उक्त प्रशंसकलाई जवाफ दिँदै सिद्धार्थले लेखेका थिए,”आजको दुनियामा मानव जीएवन निकै सस्तो भएको छ। तपाईंले गरेको कदमले खुसी मिलेको छ।”

प्रकाशित : शनिबार, भदौ १९, २०७८११:२४

अभिनेत्री ऋचा शर्मा बनिन् आमा, बधाई दिनेको ओइरो !