नेयमर मोटायो भन्नेलाई स्टारको जवाफ- “मोटाएको हैन, जर्सी ठूलो भएको हो”

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले नयाँ सिजन सुरु हुँदा आफू मोटाएको भन्ने आरोप सामाजिक संजालमार्फत नकारेका छन् । कोपा अमेरिका सकिएपछि एक महिना छुट्टीमा रहँदा नेयमारको पेट लागेको भन्दै सामाजिक संजालमा चर्चा भएको थियो ।

दक्षिण अमेरिकाको विश्वकप छनोट अन्तर्गत ब्राजिलले चिलीविरुद्ध खेल्दा पनि नेयमारको तस्बिरलाई लिएर सामाजिक संजालमा उनी मोटाएको र फिट नभएको आरोप लागेको थियो । तर नेयमारले इन्स्टाग्राममा आफ्नो जर्सीको साइज ठूलो भएकाले त्यस्तो देखिएको भनेका छन् । उनले अर्को खेलमा अलि सानो जर्सी लगाउने बताएका छन् ।

“‘मेरो जर्सी केहि ठूलो थियो । मैले आफ्नो तौल सन्तुलनमा राखेको छु,” हाँसेको केहि इमोजी प्रयोग गर्दै उनले लेखेका छन्, “अर्को खेलमा मैले मिडियाम साइजको जर्सी लगाउनेछु ।”

चिलीविरुद्ध नेयमारको प्रदर्शन औसत रहेको थियो । ब्राजिलको आक्रमण चुस्त नदेखिएपनि टोलीले जित हासिल गर्दै छनोटको ७ खेलमा शत प्रतिशत जित हासिल गरेको थियो । अब ब्राजिलले छनोटको अर्को खेलमा अर्जेन्टिनाको सामना गर्दैछ । खेल आइतबार राती १२:३० बजे हुनेछ

प्रकाशित : शनिबार, भदौ १९, २०७८१३:२७

क्लब दिग्गजको सुझाव- “युनाइटेडमा रोनाल्डोलाई पेनाल्टी हान्न दिनु, फ्री-किक प्रहार गर्न चाहिं नदिनु”