कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या उच्च, मृ-त्युदर पनि घट्दै !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ६८ हजार २९५ पुगेको छ भने एन्टिजेन विधिबाट ८४ हजार ९३७ जनामा संक्रमण पुष्टि भएको छ।

थप १० हजार २४ जनाको पिसिआर परीक्षण तथा ३ हजार १२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार २४ तथा एन्टिजेनबाट २४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३९ लाख ५२ हजार ९४२ जना पुगेको छ । हालसम्म ७ लाख २५ हजार ६५१ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार १९५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३१ हजार ८२६ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ९ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ८१८ पुगेको छ।

प्रकाशित : शनिबार, भदौ १९, २०७८१६:५३

आठ महिनामा ६६ हजार बढी विदेशी पर्यटक भित्रिए !