नेयमारको पेट लागेको हो ? आफैंले दिए यस्तो स्पष्टिकरण !

ब्राजिल । ब्राजिलियन फरवार्ड नेयमारले नयाँ सिजन सुरु हुँदा आफू मोटाएको भन्ने आरोप सामाजिक संजालमार्फत नकारेका छन् । कोपा अमेरिका सकिएपछि एक महिना छुट्टीमा रहँदा नेयमारको पेट लागेको भन्दै सामाजिक संजालमा चर्चा भएको थियो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

दक्षिण अमेरिकाको विश्वकप छनोट अन्तर्गत ब्राजिलले चिलीविरुद्ध खेल्दा पनि नेयमारको तस्बिरलाई लिएर सामाजिक संजालमा उनी मोटाएको र फिट नभएको आरोप लागेको थियो । तर नेयमारले इन्स्टाग्राममा आफ्नो जर्सीको साइज ठूलो भएकाले त्यस्तो देखिएको भनेका छन् । उनले अर्को खेलमा अलि सानो जर्सी लगाउने बताएका छन् ।

‘मेरो जर्सी केहि ठूलो थियो । मैले आफ्नो तौल सन्तुलनमा राखेको छु,’ हाँसेको केहि इमोजी प्रयोग गर्दै उनले लेखेका छन्, ‘अर्को खेलमा मैले मिडियामा साइजको जर्सी लगाउनेछु ।’ चिलीविरुद्ध नेयमारको प्रदर्शन औसत रहेको थियो । ब्राजिलको आक्रमण चुस्त नदेखिएपनि टोलीले जित हासिल गर्दै छनोटको ७ खेलमा शत प्रतिशत जित हासिल गरेको थियो । अब ब्राजिलले छनोटको अर्को खेलमा अर्जेन्टिनाको सामना गर्दैछ ।

प्रकाशित : आइतबार, भदौ २०, २०७८०८:५३

एउटा मन्दिर जहाँ दलित महिला छिन् पुजारी, नाग माता भन्दै सबैले थाप्छन् आशिर्वाद !