“रोनाल्डोलाई अरु खेलाडीसँग तुलना गर्नु मूर्खता हो, उनी सर्वोत्कृष्ट हुन्”

बेल्जियन फरवार्ड रोमेलु लुकाकुले आफूलाई पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डोसँग तुलना नगर्न आग्रह गरेका छन्। चेल्सी स्टारले रोनाल्डोसँग तुलना मात्र गर्न कै लागि पनि आफूले अझै धेरै सफलता हात पार्नु पर्ने बताएका छन्।

हालै मात्र पोर्चुगिज कप्तान रोनाल्डो इरानका अलि दाईको १०९ गोलको रेकर्ड तोड्दै अन्तराष्ट्रिय स्तरमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडी बनेका छन्। लुकाकुको कुरा गर्न पर्दा २८ वर्षको उमेरमा उनले बेल्जियमका लागि ६८ गोल गरिसकेका छन्। जसको कारण पनि उनी आफ्नो करियरको अन्त्य हुँदासम्म रोनाल्डोको आसपास पुग्ने धेरैले आँकलन गरेका छन्।

तर बेल्जियन स्टारले आफूलाई ५ पटकका ब्यालुन डी ओर विजेतासँग तुलना गर्नु भनेको मूर्खता भएको बताएका छन्। आइतबार चेक गणतन्त्र विरुद्धको विश्वकप छनौट खेल अगाडी पत्रकार सम्मेलनमा बेल्जियमका लागि १०० औं खेल खेल गइरहेका लुकाकुले भने,” मेरो लागि रोनाल्डो फुटबल इतिहास कै सर्वोत्कृष्ट ३ खेलाडीमा पर्छन्। उनले जे सफलता हासिल गरेका छन् त्यो निकै नै उत्कृष्ट छ। मैले इटालीमा उनको विरुद्ध खेल्न पाएँ, म भाग्यमानी थिएँ। उनीसँग मेरो तथ्यांकको तुलना गर्नु त्यो मूर्खता हो। त्यसैले पनि मलाई रोनाल्डोसँग कहिल्यै तुलना नगर्नुहोस्, कहिल्यै पनि।”

गत सिजन यी दुई स्टार सरी-ए मा सार्वाधिक गोल गर्ने दुई खेलाडी रहेका थिए। जारी सिजन दुबै खेलाडी प्रिमियर लिग फर्किंदा पुनः एक पटक यी दुई बीचको भिडन्त हुने पक्का भएको छ।

प्रकाशित : आइतबार, भदौ २०, २०७८१२:०३

कोपा अमेरिका फाइनलको रि-म्याच आज हुँदै, बदला लिन सफल होला त ब्राजिल !