हप्ताको पहिलो दिन नै ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो ?

साताको पहिलो दिन नै सुनको भाउमा वृद्धि भएको छ। बिहिबारको तुलनामा शुक्रबार सामान्य वृद्धि भएको सुनको मूल्य आज आइतबार पनि बढेको छ। गत हप्ता लगातार ३ दिन गिरावट आएपछि सुनको भाउ पुनः उकालो लागेको थियो।

शुक्रबार तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार भने ६ सय रुपैयाँले बढेको छ। जससँगै आज नेपाली बजारमा छापावाला सुन ९१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्यमा पनि ६ सय रुपैयाँको वृद्धि भएको छ। शुक्रबार प्रतितोला ९० हजार ४ सयमा कारोबार भएको तीजाबी सुन आइतबार ६ सयले बढेसँगै ९१ हजार रुपैयाँ कायम भएको छ।

गत हप्ता आइतबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य साताको अन्तिम दिन शुक्रबारसम्म समग्रमा ७ सयले घटेर ९० हजार ९ सय कायम भएको थियो। त्यस्तै तेजाबी सुन पनि गत साता समग्रमा ७ सयले ओरालो लागेको थियो। आइतबार ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबारसम्म आउँदा ९० हजार ४ सय कायम भएको थियो।

आइतबार चाँदीको मूल्या पनि ह्वात्तै बढेको छ। शुक्रबार ११ सय ९५ मा कारोबार भएको चाँदी आज आइतबार ३५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, भदौ २०, २०७८१२:२३

उच्च अंकले ओरालो लागेपछि नेप्से ४० मिनेटका लागि बन्द !