दुई महिना अगाडी कोपा अमेरिका फाइनल खेलमा एक-अर्का विरुद्ध खेलेका दुई टोली ब्राजिल र अर्जेन्टिना बीच आज राति भिडन्त हुँदैछ। उक्त खेलमा ब्राजिलियन भूमिमा ब्राजिललाई नै १-० ले पराजित गर्दै अर्जेन्टिनाले सन् १९९३ पछि पहिलो पटक प्रमुख प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो।
आइतबार राति १२:४५ बाट सुरु हुने विश्वकप छनौट खेल ब्राजिलको साओ पाउलोमा हुनेछ। दक्षिण अमेरिकी पोलमा ब्राजिल ७ खेलमा सात जीत निकाल्दै पहिलो स्थानमा रहेको छ। पछिल्लो खेलमा ५ पटकको विश्व विजेताले चिल्लीलाई १-० ले पराजित गरेको थियो।
त्यस्तै, दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १५ अंक रहेको छ। पछिल्लो खेलमा कोपा अमेरिका च्याम्पियनले भेनेजुएलालाई ३-१ ले पराजित गरेको थियो।
जारी छनौट चरणमा ब्राजिलले सतप्रतिशत नजिता निकालेको छ। ७ खेल खेलेको ब्राजिलले सातै खेलमा जीत निकाल्न सफल भएको छ। जसमा ब्राजिलले १७ गोल गर्न सफल भएको छ भने मात्र २ गोल खाएको छ।
त्यस्तै, अर्जेन्टिना भने २१ खेलको अपराजित यात्रा तय गर्दै ब्राजिल विरुद्ध उत्रिनेछ। तर २ पटकको विश्व विजेताले उक्त २१ मध्ये १२ खेलमा कम्तीमा १ गोल खाएको छ।
अर्जेन्टिना भर्सेस ब्राजिल खेलको जानकारी
खेल | ब्राजिल भर्सेस अर्जेन्टिना |
मिति | सोमबार, सेप्टेम्बर ६ |
समय | १२:४५ |