भोलि भदौ २१ गते सोमबार, शुभ-अशुभ कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईंले हरेक काम सम्हालिएर काम गर्नु पर्ने हुन्छ। आफन्तजन तथा निकट सम्बन्धिसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ, सजग रहनुहोला। शारीरिक तथा मानसिक रूपमा तपाईं अस्वस्थ रहनुहोला। अनिन्द्राले सताउन पनि सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईंको लागि यस दिन शुभ रहला । हरेक कार्य सफलताका साथ सम्पन्न हुनेछ। साथी-भाइबाट मद्दतको आशा राख्न सकिन्छ। शारीरिक तथा मानसिक स्थिति राम्रो रहनेछ। आर्थिक लाभको पनि सम्भावना उच्च रहेको छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

नयाँ कार्य सुरु गर्नका लागि यो दिन शुभ छैन। शारीरिक रूपमा तपाईं स्वस्थ रहनुहुने छैन। पारिवारिक वातावरण पनि नकारात्मक रहला। विद्यार्थी वर्गका लागि समय उत्तम छैन। मध्यान्हपछि भने समय अनुकूल रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

छोटो तथा रमणीय यात्राको सम्भावना रहेको छ। यस दिन तपाईंको स्वास्थ्य पनि राम्रो रहनेछ। प्रियजनसँग भेट हुँदा तपाईंको मन प्रशन्न रहनेछ। तर मध्यान्हपछि भने तपाईंको स्वास्थ्यमा केहि समस्या आउनसक्छ, सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

कुनै पनि कार्य सुरु गर्न वा कुनै प्रकारको निर्णय गर्नको लागि  दिन शुभ छैन । पारिवारिक कार्यमा धेरै रकम खर्च हुनसक्छ। तपाईंले आफ्नो वाणी तथा क्रोधमा संयम राख्नु पर्ने देखिन्छ। आफन्तसँग मनमुटावको स्थिति आउनसक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईंको लागि दिन मध्यम फलदायी रहनेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ नै रहनुहुनेछ। व्यापार व्यवसाय क्षेत्रमा दिन अत्यन्त शुभ रहनेछ। मध्यान्हपछि भने परिस्थिति प्रतिकूल हुनसक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

पारिवारिक वातावरण सुखमय रहनेछ। परिवारका सदस्यसँग सुखद समय व्यतित गर्न सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ। घर सजावटको कार्यमा व्यस्त रहनुहोला। व्यापारमा उत्कृष्ट लाभ मिल्ने सम्भावना रहेको छ। आर्थिक स्थिति पनि  दिन राम्रो नै रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

भाग्यवृद्धिको योग रहेको छ। वैदेशिक क्षेत्रमा रहेका आफन्तबाट शुभ समाचार प्राप्त होला। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। धार्मिक यात्राको सम्भावना रहेको छ। धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

स्वास्थ्यमा समस्या आउनसक्छ। निषेधात्मक विचार मनमा आउनसक्छ। आर्थिक संकटले सताउन सक्छ। मध्यान्हपछि भने स्वास्थ्यमा सुधार आउला। आकस्मिक धन लाभ मिल्ने योग देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

यस दिन तपाईंले परिवारका सदस्यसँग आनन्दमय समय बित्नेछ। तर मध्यान्हपछि भने समय केहि प्रतिकूल हुनसक्छ। अधिक खर्च हुनाले आर्थिक संकटले सताउन सक्छ। सरकारी कार्यमा विभिन्न बाधाले सताउला। अनैतिक कार्य गर्नबाट बच्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

तपाईंको यस दिन सुख-शान्तिमय नै रहला। पारिवारिक जीवन आनन्दमय रहनेछ। परिवारका सदस्यसँग रमणीय समय बित्नेछ। स्वास्थ्य पनि राम्रो नै रहनेछ। वाहन सुख पनि प्राप्त हुनसक्छ, जसको कारण मन प्रशन्न रहला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

विपरित लिंगीप्रति आकर्षण बढ्नेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला।तर मध्यान्हपछि भने परिस्थिति अनुकूल हुँदै जानेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। हरेक क्षेत्रमा सफलता हात लाग्न सक्छ। शत्रु पराजित हुनेछन्।

प्रकाशित : आइतबार, भदौ २०, २०७८२०:२३

आज भदौ २१ गते सोमबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आजको राशिफल !