ज्योतिष गणनाको अनुसार यस हप्ता ४ राशिका मानिसको लागि अत्यन्तै शुभ र भाग्यशाली रहनेछ। यस अवधिमा यी चार राशिका व्यक्तिहरूले धेरै क्षेत्रहरूमा शुभ परिणामहरू पाउने छन्। यस हप्ता ग्रह र नक्षत्रहरूको चाल यी चार राशिका मानिसहरुका लागि अनुकूल छ। जान्नुहोस् यी ४ राशिको बारेमा….
मेष राशि
यस हप्ता मेष राशिका मानिसलाई भाग्यले पूरा साथ दिनेछ। पहिलेको तुलनामा सप्रिएको साता छ । स्वास्थ्यको स्थिति राम्रो हुँदै जाला । विशेषगरी पढ्ने र लेख्नेतिर रुचि बढ्ने छ । परिवारबाट भएको असहयोग पनि घट्न जाला । सानातिना स्वास्थ्यका समस्या भने बाँकी नै रहनेछन् । इन्द्रायणीको दर्शन गरिरहनुहोस् । कार्यक्षेत्रमा तपाईंको कामको सराहना गरिनेछ।
वृष राशि
राम्रो खालको साता छ । मङ्गलबारसम्म राम्रोसित काम बने पनि बुधबारबाट केही समस्या खडा होलान् । सानातिना वादविवाद परी नै रहनेछन् । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला । मित्रहरूबाट भने राम्रो सहयोग पाउनुहुनेछ । व्यापार व्यवसायको दृष्टिकोणबाट हेर्दा विशेष लाभ मिल्ने सम्भावना रहेको छ। धन लाभ मिल्ने समय छ।
तुला राशि
आँटेका धेरै काम बन्नेछन् । मित्रहरूको सहयोग पनि राम्रैसित पाउनु हुनेछ । नजिकका भन्दा टाढाका मित्रहरूले समेत सहयोग दिनेछन् । व्यापारबाट भने सामान्य लाभ हुनेछ । सूर्यको नित्य दर्शनले सानातिना समस्यालाई हल गर्न मद्दत मिल्ला । आयका स्रोत बढ्नेछन्। जीवानसाथीबाट पूरा साथ सहयोग मिल्नुका साथै रमणीय समय बित्नेछ।
धनु राशि
अलिअलि समस्या थपिए पनि पहिलेको भन्दा राम्रो समय छ । व्यापारसम्बन्धी काममा आएको बाधा क्रमशः हटेर जानेछ । जागिरबाट भन्दा अरू व्यवसायबाट नै फाइदा छ । साताको पूर्वार्द्धमा भन्दा उत्तरार्द्धमा बढी सफलता मिल्ला । गणेशको आराधना गरिरहनुहोस् । साथी-भाइबाट भरपूर मात्रामा साथ सहयोग मिल्नेछ। विवाह सम्बन्धि वार्ता सफल हुने देखिन्छ।